मंगलबार , बैसाख २९, २०८३

आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनिहरुले हरेक बर्षको १५ गते तमु ल्होसार मनाउने गर्दछन् ।

‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। गुरुङ जातिको १२ वटा बर्ग चक्रमध्ये यसवर्ष च्य्ह ल्हो अर्थात् चरा बर्गको बिदाई गरी ’खि’ ल्हो अर्थात् कुकुर बर्गको स्वागत गरिँदैछ ।

गुरुङ जातिले हरेक वर्षको पुस १५ गते नयाँ वर्षको रुपमा ल्होसार मनाउँछन् । यस अवसरमा उनिहरु खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाउने गर्दछन् । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिममा पनि आज ‘पुस १५’ पर्व धुमधामसँग मनाइँदैछ। पर्वमा मिठा परिकार खाने, राति जाग्राम बस्ने, बात (दन्त्य कथा) भन्ने र देउडा खेल्ने चलन रहेको यस क्षेत्रको संस्कृतिसम्बन्धी जानकार बताउँछन्। यस दिन १५ किसिमका परिकार खाने प्रचलन छ।

यस पर्वलाई ‘पन्नरी रात’, ‘ठूलीरात’ पनि भन्ने गरिएको छ। नेपाली समाजमा आजको रात सबैभन्दा लामो हुने मान्यता भएकाले यस पर्वलाई ‘ठूलीरात’ भन्ने संस्कृतिसम्बन्धी जानकार बताउँछन्। तर, विश्वभर डिसेम्बर २२ को रात सबैभन्दा लामो हुने गरिएको मानिन्छ।

पर्वका अवसरमा वनभोज खाने पनि प्रचलन छ। यस क्षेत्रमा वर्षमा एक दिन भए पनि घरबाहिर पकाएर खानुपर्ने मान्यता भएकाले आजको दिन वनभोज खाने प्रचलन रहेको संस्कृतिसम्बन्धी जानकार बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP