मंगलबार , बैसाख २९, २०८३

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ ।

२०६२/०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए ।वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पक्षले राख्नुपर्ने र अर्को पक्षले राख्न नहुने विवादकै कारण सालिक स्थापना हुँदै आएको थियो ।

बुधबार दिउँसो स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रको सालिक राखेको हो । गोरक्ष पिठाधीश योगी बलभद्रको अगुवाइमा युवाहरूको समूहले वीरेन्द्रचोकमा सालिक राखेको हो ।

सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको गुरुयोजना स्व.राजा वीरेन्द्रले नै बनाउन लगाएकाले उनको सालिक राख्नुपरेको पिठाधीश बलभद्रले बताए ।

वीरेन्द्र २०२३ मा सुर्खेत भ्रमण आएका थिए । उक्त समयमै राजाले उपत्यका मन पराएकाले २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाले नगरको गुरुयोजना बनाएका थिए ।

आफूले अति रुचाएको ठाउँ भएकाले वीरेन्द्रले गुरुयोजना कार्यान्वयन गर्न लगाएका थिए । राजाको शालिकसहित बीच बजारको चौकलाई वीरेन्द्रचोक नामाकरण गरिएको थियो ।

भारतको जयपुरबाट बनाएर ल्याइएको वीरेन्द्रको सालिक २०४३ सालमा राखिएको थियो । वीरेन्द्रसँगै आएकी रानी ऐश्वर्याले शालिकको अनावरण गरेकी थिइन् ।

वीरेन्द्रनगरलाई गुरुयोजनासहितको सहर निर्माण गर्ने वीरेन्द्रको सम्मानका यो सहरको नाम राखिएको कालीप्रसाद पाण्डे बताए ।

‘२०२३ सालमै अञ्चलाधीश रामबहादुर रावलले त्यस खबतका युवराज वीरेन्द्रको नामबाट यसको नामाकरण गरेका थिए,’ उनले भने, ‘त्यसबखत युवराजको नामबाट नामाकरण भएको यो नेपालकै पहिलो सदरमुकाम र पहिलो सहर पनि हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP