बुधबार , जेठ ८, २०८२

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा पार्टी नेताका छोराछोरीलाई सरकारी स्कुलमा पढाउन अनिवार्य गर्नुपर्ने विषय प्रतिवेदनमा राख्न माग गरिएको छ ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलमा केन्द्रीय नेताका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी स्कुलमा पढाउनुपर्ने व्यवस्था गर्न माग उठेको हो ।

प्रतिवेदनमाथीको छलफलको निश्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशबाट एकजना प्रतिनिधिले आफ्नो प्रदेशको छलफलमा पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्ने विषय प्रतिवेदनमा राख्नुपर्ने बताइन् ।

‘पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ’, उनले भनिन् ।

पार्टीले वकालत गर्दै आएको वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि वैज्ञानिक शिक्षा नीतिबारे पनि प्रतिवेदनमा समेट्न गण्डकी प्रदेशको तर्फबाट माग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP