मंगलबार , बैसाख २९, २०८३

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा पार्टी नेताका छोराछोरीलाई सरकारी स्कुलमा पढाउन अनिवार्य गर्नुपर्ने विषय प्रतिवेदनमा राख्न माग गरिएको छ ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलमा केन्द्रीय नेताका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी स्कुलमा पढाउनुपर्ने व्यवस्था गर्न माग उठेको हो ।

प्रतिवेदनमाथीको छलफलको निश्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशबाट एकजना प्रतिनिधिले आफ्नो प्रदेशको छलफलमा पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्ने विषय प्रतिवेदनमा राख्नुपर्ने बताइन् ।

‘पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ’, उनले भनिन् ।

पार्टीले वकालत गर्दै आएको वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि वैज्ञानिक शिक्षा नीतिबारे पनि प्रतिवेदनमा समेट्न गण्डकी प्रदेशको तर्फबाट माग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP