बुधबार , जेठ ८, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था नभए नेपाल सिक्किम जस्तै विलय हुने टिप्पणी गरेका छन् । उनले नेपाल रहने तर देशका रुपमा नभई विलय हुने टिप्पणी गरेका हुन् ।आज राजधानीमा राजा वीरेन्द्र शाहको स्मृतिमा आयोजित कार्यक्रममा लिङ्देनले भने, सिक्किम सिक्किमकै रुपमा छ । तर, सिक्कम भन्ने देश छैन । पछिल्लो दिनमा त्यही खतरा हाम्रो देशले बोकिराखेको छ । जतिसक्दो छिटो राजसंस्था नफर्किए देशको अस्तित्व नै खतरामा पर्ने बताए ।

राजसंस्था देशलाई विलय हुनबाट जोगाउने आधार हुने उनको टिप्पणी थियो । देशमा राजसंस्थाको आवश्यकता अझ बढेको लिङ्देनले बताए ।

राजनीतिक दलका नेताहरु बदनाम भएको भन्दै नेता भन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने प्रमाणित हुँदै गएको बताए । उनले भने, तत्कालीन राजा वीरेन्द्रले देशभक्तिको प्रमाण गर्नुभयो ।

विदेशीसँग झुक्नुभन्दा राजनीतिक दलसँग हातेमालो गर्न तत्कालीन राजा वीरेन्द्र तयार भएको बताए । उनले राजसंस्था नहुँदा देशमा मनपरीतन्त्र हावी भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP