मंगलबार , बैसाख २९, २०८३

सर्लाहीको ईश्वरपुर नगरपालिकामा गस्तीमा हिँडेको प्रहरी भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि बयलवास बजार मंगलबार दिनभर तनावग्रस्त बनेको छ ।

आइतबार साँझ ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगन्जको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोको छोरा अन्दाजी ३२ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । यो विषयलाई लिएर सोमबार र मंगलबार पनि ईश्वरपुरको बयलवास बजारको अवस्था तनावपूर्ण बनेको थियो ।

यो घटनापछि प्रहरी र आन्दोलनमा उत्रेका स्थानीयबीच झडप भएको छ । झडपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकी, प्रहरी निरीक्षक कृष्ण गिरीसहित दर्जन प्रहरी घाइते भएका छन् । यसैगरी, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटासहित दर्जनौं प्रदर्शनकारीसमेत घाइते भएका छन् ।

आन्दोलित स्थानीयवासीले ईश्वरपुर नगरपालिकाका प्रमुख देवकोटामाथि समेत आक्रमण गरेका छन् । मृतक रामकुमार महतोको परिवारसँग भेट्न उनकै घरमा पुगेका नगर प्रमुख देवकोटामाथि त्यहीँ आक्रमण भएको हो । नगर प्रमुख देवकोटा चढ्ने ना१झ १५७० नम्बरको सुमोको सिसा पनि तोडफोड भएको छ ।

त्यस्तै, एक बालकसहित दुई जनालाई प्रहरीको गोली लागेको छ । गोली लागेकामध्ये मृतकका भान्जा १५ वर्षीय सञ्जय महतो र चन्द्रनगर गाउँपालिका–२ बस्ने दिगम्बर महतो रहेको छ । गोली बालकको दाहिने खुटामा लागेको र प्रहरीले जबरजस्ती समाती घुँडामा गोली हानेको ईश्वरपुरका प्रत्ययक्षदर्शी नन्दलाल कुशवाहाले जानकारी दिए । त्यस्तै, दिगम्बरलाई रबरको गोली लागेको हँुदा प्राथमिक उपचारपश्चात् घर फर्केका छन् ।

जिल्लाको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा हिजो मलंगबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP