मंगलबार , भाद्र १६, २०८३

जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा विभिन्न सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

जाडोयाममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको हो । हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्न, हिटर बाल्न वा गिजर प्रयोग गर्न मन्त्तालयले आग्रह गरेको छ ।

यस्तै कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न पनि मन्त्रालयले आग्रह गरेको छ । आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने र सुत्नुअगाडि अनिवार्य रूपमा हिटर बन्द गर्न, गिजरको मुख्य मेशिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सावधानी नअपनाउँदा विभिन्न खालका अप्रिय घटना हुने गरेका भन्दै मन्त्रालयले जाडोको समयमा न्यानो हुनका लागि प्रयोग गरिने सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP