मंगलबार , बैसाख २९, २०८३

सरकार र पार्टीभित्र शक्तिशाली बनेका नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पेलेरै जाने रणनीतिमा देखिएका छन् । उनले पार्टीभित्र र सरकारमा योजनावद्ध तरिकाले केही महत्वपूर्ण कदमहरु अगाडि सार्न लागेका छन् ।

देउवाले काँग्रेसभित्र दुई तिहाईको शक्ति आर्जन गरेका छन् । उनले सभापतिमा मुख्य प्रतिष्पर्धी डा. शेखर कोइरालालाई वरियतामा २०औं नम्बरमा राखिदिएका छन् । यसको अर्थ उनले मुख्य प्रतिष्पर्धीलाई पेलेरै जाने रणनीति बनाएका छन् ।

आफ्नै समूहका प्रभावशाली नेताहरुलाई पनि देउवाले विस्तारै पाखा लगाएका छन् । विरोधी समूहको केही नेताहरुको साथ लिएर प्रभाव बनाउने रणनीति लिएको देखिदैछ ।

सरकारमा रहेर उनले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्ने तयारी गरेका छन् । एमसीसी पास गर्न विकल्पसहित बढेको देखिदैछ । त्यसका लागि उनले अहिलेभन्दा फरक शक्तिसँग गठबन्धन गर्ने सम्भावना पनि बढेको छ ।
देउवा सकभर २०७९ सालको सुरुमै चुनाव गर्न चाहन्छन् । स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव एकैपटक गर्नेबारे देउवाले परामर्श थालेका छन् । जतिसक्दो छिटो चुनावमा जाँदा पार्टी र आफूलाई लाभ हुने देउवाको बुझाई देखिन्छ । त्यसका लागि उनी पेलेर जाने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP