सोमबार , बैसाख २२, २०८२

आजबाट नेकपा माओवादी केन्द्रको महाधिवेशन सुरु हुँदैछ । काठमाडौंमा हुने महाधिवेशन उदघाटनमा प्रमुख दलका शिर्ष नेताहरुलाई निम्तो गरिएको छ ।प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी हुने निश्चित भएको छ । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने या नहुने निश्चित भएको छैन ।

प्रचण्डले ओलीलाई महाधिवेशन उदघाटनमा ल्याउन आफै पहल गरेको बुझिएको छ । उनले ओलीसँग सम्पर्क गरी सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

नेकपा विभाजन भएपछि ओली र प्रचण्ड काँग्रेसको महाविधेशनको उदघाटनको दिन एउटै मञ्चमा देखिएका थिए । दुई नेताबीच भलाकुसारी समेत भएको थियो । यसलाई प्रचण्ड र ओलीबीचको सम्बन्धमा आइसब्रेक मानिएको थियो ।

ओली माओवादीको महाधिवेशन उद्घाटनमा सहभागी हुने सम्भावना भने कम छ । तर, पछिल्लो समय प्रचण्डसँग उनको सम्बन्धमा निकै सुधार भइरहेबाट सम्भावनालाई नकार्न भने सकिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP