मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई विश्राम दिने विकल्प खोज्ने क्रममा राजा ज्ञानेन्द्र शाहसँग ५ बुँदे सम्झौता गरेको कुरा दोहोर्‍याएका छन्।

शनिबार विराटनगरमा पत्रकारसँगको कुराकानीका क्रममा ओलीले राजासँग वार्तामा बसेका प्रचण्डनिकट व्यक्तिहरूले नै यो कुराको खुलासा गरेको बताए। त्यहीकारण आफूले यसमा थप बोलिरहनु आवश्यक नभएको उनले बताए।

‘उहाँ (प्रचण्ड) कै मान्छेहरूले बोल्दै हिँडिरहेका छन्,’ ओलीले भने, ‘वार्तामा बसेकाले नै भनेपछि विस्तारै लिखित प्रमाण पनि निस्केला।’

प्रचण्डले २०६० मंसिर १८ गते राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सम्झौता गरेको आरोप ओलीले यसअघि लगाएका थिए।

ओलीको यो आरोपपछि प्रचण्डले सम्झौता भएको भए प्रमाणित गर्न सार्वजनिक चुनौती दिएका थिए।

‘प्रचण्डजीले चुनौती नै दिने हो भने उहाँहरूलाई दिनुपर्छ, जसले सम्झौताबारे बोलिरहेका छन्,’ ओलीले भने ‘मलाई चुनौती दिनुको कुनै अर्थ छैन।’

ओलीले ‘प्रचण्डनिकट व्यक्ति’ भनेर कसैको नाम लिएनन्। यो सम्झौता बारेमा माओवादी पूर्व नेतृ हिसिला यमीको पुस्तकमा पनि उल्लेख छ।

त्यस्तै विश्वका ठूला राजनीतिक घटनाक्रममा दस्तावेजको खुलासा गरेको विकिलिक्सले पनि यो सम्झौताबारे चर्चा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP