सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच टकराव बढ्ने संकेत देखिएको छ । १४औं महाधिवेशनपछि देउवाले कार्यसमितिमा सार्वजनिक गरेको वरियताको विषयलाई लिएर टकराव बढ्ने संकेत देखिएको छ ।

देउवाले आफूसँग सभापतिको प्रतिष्पर्धामा दोस्रो चरणमा पराजित शेखर कोइरालालाई वरियताको २०औं नम्बरमा राखेका छन् । शेखरले देउवालाई कडा चुनौती दिएका थिए ।

वरियतामा देउवाले आफूपछि रामचन्द्र पौडेललाई राखे । कृष्णप्रसाद सिटौलालाई तेस्रो नम्बरमा राखेर पदाधिकारीहरुलाई त्यसपछि राखेका छन् ।

देउवाको पछिल्लो कदम शेखरको शक्तिलाई बेवास्ता गरिएको रुपमा हेरिएको छ । पार्टीमा कहिल्यै पदाधिकारी नभएका शेखर केन्द्रीय सदस्यबाट एकैपटक सभापतिको उम्मेदवार बनेका थिए । यो उनको राजनीतिक फड्को थियो । तर, देउवाले उनलाई अझै जुनियर नै मानेको सन्देश दिएका छन् ।

कोइराला परिवारका तीन शक्तिशाली नेतामध्ये शेखर राजनीतिमा पछि आएका हुन् । तर, उनले चाँडै नै फड्को मार्न सके । उनी आफ्नो समूहबाट पदाधिकारीमा निर्वाचित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरु जीवन परियार र बद्री पाण्डेभन्दा पनि वरियतामा तल राखिएका छन् ।

शेखरको वरियता निर्धारणलाई भविष्यमा टकराव बढ्नसक्ने संकेतका रुपमा लिइएको छ । कोइरालाले सभापतिमा पराजय भोगेपछि आफू देउवाको गलत कदमहरुकाविरुद्ध सशक्त रुपमा उभिने बताइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP