सोमबार , बैसाख २२, २०८२

नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच टकराव बढ्ने संकेत देखिएको छ । १४औं महाधिवेशनपछि देउवाले कार्यसमितिमा सार्वजनिक गरेको वरियताको विषयलाई लिएर टकराव बढ्ने संकेत देखिएको छ ।

देउवाले आफूसँग सभापतिको प्रतिष्पर्धामा दोस्रो चरणमा पराजित शेखर कोइरालालाई वरियताको २०औं नम्बरमा राखेका छन् । शेखरले देउवालाई कडा चुनौती दिएका थिए ।

वरियतामा देउवाले आफूपछि रामचन्द्र पौडेललाई राखे । कृष्णप्रसाद सिटौलालाई तेस्रो नम्बरमा राखेर पदाधिकारीहरुलाई त्यसपछि राखेका छन् ।

देउवाको पछिल्लो कदम शेखरको शक्तिलाई बेवास्ता गरिएको रुपमा हेरिएको छ । पार्टीमा कहिल्यै पदाधिकारी नभएका शेखर केन्द्रीय सदस्यबाट एकैपटक सभापतिको उम्मेदवार बनेका थिए । यो उनको राजनीतिक फड्को थियो । तर, देउवाले उनलाई अझै जुनियर नै मानेको सन्देश दिएका छन् ।

कोइराला परिवारका तीन शक्तिशाली नेतामध्ये शेखर राजनीतिमा पछि आएका हुन् । तर, उनले चाँडै नै फड्को मार्न सके । उनी आफ्नो समूहबाट पदाधिकारीमा निर्वाचित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरु जीवन परियार र बद्री पाण्डेभन्दा पनि वरियतामा तल राखिएका छन् ।

शेखरको वरियता निर्धारणलाई भविष्यमा टकराव बढ्नसक्ने संकेतका रुपमा लिइएको छ । कोइरालाले सभापतिमा पराजय भोगेपछि आफू देउवाको गलत कदमहरुकाविरुद्ध सशक्त रुपमा उभिने बताइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP