मंगलबार , बैसाख २९, २०८३

प्रत्येक नेपालीलाई नागरिकताको अधिकार भएपनि नागरिकता प्राप्त गर्नबाट वञ्चित भइरहनु परेको छ। नेपालको संविधान जारी भएको ६ वर्ष पूरा भएको छ। संविधानको व्यवस्था बमोजिम कानुन बनाउन नसक्दा हजारौं नेपालीले नागरिकता प्राप्त गर्न सकेका छैनन्।

राज्यले कुनै पनि आफ्ना नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेर मानव अधिकार हनन् गर्न मिल्दैन। सन् १९४८ को मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको धारा १५ ले विश्वको कुनै पनि कुनामा कुनै पनि व्यक्तिलाई राज्यसँग कानुनी सम्बन्ध राख्ने अधिकार प्रदान गर्दछ भनेको छ।

नागरिकताको विषय मानवअधिकारको विषय हो। त्यसैले नागरिकता प्राप्त गर्न नसक्नु राष्ट्रियता विहीनता हो भन्ने गरिन्छ। नागरिकताको प्राप्ति, अन्त्य, इन्कारी सम्बन्धी अन्तर्राष्ट्रिय कानुन भए पनि नेपालका हजारौं नागरिकले नागरिकता प्राप्त गर्न नसक्नुमा राजनैतिक दलको गैर जिम्मेवारी पन भएको टिप्पणी हुने गरेको छ।

राज्यले अविभावकत्वको भूमिका निर्वाह गर्न नसक्दा त्यसले झन् समस्या ल्याउने हुँदा कानुन तथा मानवअधिकार समितिले छिटो नागरिकता विधेयक ल्याउन सरकरलाई निर्देशन दिएको छ।

संविधान जारी भएको यतिका वर्ष वितिसक्दा पनि संविधानमा व्यवस्था भएका कुरालाई लागु गर्न कानुन बनाउन नसक्नुले नागरिकको नेपाली भएर बस्न पाउनु पर्ने अधिकारको हनन् भएको ठान्दै समितिले सो निर्देशन दिएको छ।

जन्मका अधारमा नागरिकता पाएका उनका सन्तानले बंशजको आधारमा नेपालको नागरिकता पाउने व्यवस्था संविधान मै छ, बाबु वा आमा जो नेपाली भए पनि उनीहरूको सन्तालने वंशजको आधारमा नागरिकता प्राप्त गर्ने लगायतका विषय पनि संविधानमा नै लेखेको छ। नागरिकता मानवअधिकारको विषय हो,अब पनि नागरिकता विधेयक संसद्ले पारित नगर्ने हो भने नागरिकता प्राप्त गर्न बञ्चित ती नागरिकले कहिले नागरिकता पाउँछन् भनेर निर्देशन दिनुपरेको समितिका सभापति कृष्णभक्त पोखरेल बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP