मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ।

मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ खण्डमध्ये ६ खण्डको स्तरोन्नति भइसकेको छ भने एउटा खण्डको काम अन्तिम चरणमा पुगेको छ।

उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३ असोजदेखि ७ वटा खण्डमा ठेक्का लगाएको थियो।

जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २ अर्ब ६ करोड रूपैयाँ बजेट विनियोजन भएको थियो।

झैटेदेखि चराङसम्मको १९ किलोमिटर, छोसेरदेखि कोरलासम्मको १४ किलोमिटर, जोमसोमदेखि ताङ्वेसम्मको १८ किलोमिटर, ताङ्वेदेखि चैलेसम्मको ११ किलोमिटर, चैलेदखि भेनासम्म ११ किलोमिटर र भेनादेखि झैटेसम्मको १२ किलोमिटर सडक स्तरोन्नतीको काम सकिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए।

उनका अनुसार चराङदेखि छोसेरसम्मको २५ किलोमिटर लामो सडकमा ६५ प्रतिशत मात्र प्रगति भएको छ।

यस खण्डको जिम्मा लिएको तामाङ-गौरी-पार्वती-कोसी-न्यौपाने जेभीले सडक स्तरोन्नतिको काम समयमै सम्पन्न नगरेपछि आयोजनाले बैंक जमानत जफत गरेको छ।

आयोजनाका अनुसार सडक अलपत्र पारेपछि निर्माण कम्पनीको १ करोड ९ लाख रूपैयाँ बैंक जमानत जफत गरिएको हो।

‘ढिलासुस्तीले प्रभावित भएको चराङ–छोसेर खण्डलाई गति दिन निर्माण व्यवसायीलाई ताकेता गर्दा समेत कुनै पहलकदमी लिएन, यस खण्डको जिम्मा लिएको कम्पनीलाई कोभिडका कारण अन्तिम पटकका लागि चैत महिनासम्मको मात्र समयसीमा थप भएको छ, विगत ३ वर्षदेखि काम अलपत्र छोडेपछि बैंक जमानत जफतसम्म पुगेका हौँ,’ आयोजना प्रमुख पराजुलीले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP