मंगलबार , बैसाख २९, २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते १ सय ३४ पदका लागि निर्वाचन भएको थियो। जसका लागि ४ सय ९१ जनाको उम्मेदवारी परेको थियो।

मतदानको १० दिनपछि बिहीबार सबै पदको मतगणना सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए। १३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय १० जना छन्। बाँकी सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखरप्रसाद कोइराला पक्षका हुन्। निर्वाचनका क्रममा प्रदेश २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध भएका थिए। कांग्रेस विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्यासी स्वतः केन्द्रीय सदस्य बन्छन्। विधानअनुसार अब सभापति देउवाले कोषाध्यक्षसहित ३३ जना मनोनीत गर्न पाउनेछन्। त्यससँगै केन्द्रीय कार्यसमिति १ सय ६७ सदस्यीय हुनेछ। निर्वाचित उम्मेदवारलाई शनिबार प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखिएको समिति सचिव केशव रिजालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP