सोमबार , बैसाख २२, २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नहुने संकेत गर्दै यही कारणले सत्ता गठबन्धन टुट्न नदिने बताएका छन् । उनले एमसीसीबारे गम्भीर प्रश्नहरु उठेकाले जर्बजस्ती गरे अप्ठ्यारो स्थिति बन्ने बताए ।

‘एमसीसीका कारण गठबन्धन टुट्न दिइदैन, टुट्दैन र टुट्न पनि हुँदैन,’ न्युज एजेन्सी नेपालका लागि सबिन धमलासँगको भिडियो अन्तवार्तामा प्रचण्डले एमसीसी पारित नहुने संकेत गर्दै भने,‘जर्बजस्ती गरे अप्ठ्यारो स्थिति बन्छ ।’

एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले सुधारको विषय रहेको गठबन्धनको बैठकमा बोलेको खुलासा गरे । उनले भने,‘प्रधानमन्त्रीजीले पनि गठबन्धनको बैठकमा केही सुधारको गुज्यायस छ भन्नुभएको छ, म पनि कोशिश गर्छु भन्नुभएको छ ।’

प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुने स्पष्ट पारे । उनले एमसीसीले समय लियो नै भनेपनि केही सुधार गरेर अगाडि बढ्ने बताए ।

आफूहरु वैदेशिक सहयोग अस्वीकार गर्ने पक्षमा नभएको बताए । उनले भने,‘एमसीसी प्रोजेक्टबारे गम्भीर ढंगले प्रश्न उठे ।’ एमसीसीबारे विगतमा विवाद नभएको तर संसदबाट पारित गर्ने विषय आएपछि समस्या आएको बताए ।

अमेरिकाको विश्वव्यापी रणनीतिको अङ्ग हो भन्ने जस्ता प्रश्नहरु आएको बताए । एमसीसी राष्ट्रको हितमा छैन भन्ने व्यापक रुपमा गएको टिप्पणी गरे । उनले एमसीसीबारे विभिन्न सर्तहरु खुलाउँदै अप्ठ्यारो पार्ने त्रुटीपूर्ण विषय सच्याउने, आवश्यक पर्दा संशोधन गर्नुपर्ने, दलहरुबीच सहमति र राष्ट्रिय रुपमा मात्र सहमति गरेर मात्र अगाडि बढ्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP