मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् ।

२४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमार्फत् १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९६ पदको नतिजा आइसकेको छ । ९६ जनाको नतिजा प्राप्त हुँदा सभापति देउवा समूहतर्फबाट ७६ जना नयाँ कार्यसमितिका लागि निर्वाचित भएका हुन् ।

यसैगरी, सभापतिका उम्मेदवार बनेका डा। शेखर कोइरालाको समूहबाट १६ जना निर्वाचित भएका छन् भने प्रकाशमान सिंह समूहबाट दुई जना निर्वाचितबन्दा एक जना साझा उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिअनुसार अब ३८ पदको परिणाम आउन बाँकी छ । सभापति देउवा समूहबाट सभापति, एक उपसभापति र ६ जना सहमहामन्त्री गरी पदाधिकारीतर्फ मात्रै आठ जना निर्वाचित भएका छन् ।

पदाधिकारीतर्फ एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री गरी चार जना कोइराला समूहबाट निर्वाचित बन्दा एक जना महामन्त्री सिंह समूहबाट निर्वाचित बनेका हुन् । सिंह समूहबाट केन्द्रीय सदस्यमासमेत राजेन्द्रकुमार केसी एक जना विजयी भएका छन् ।

यसैगरी, केन्द्रीय सदस्यतर्फ खुला ३५ मध्ये २५ जना देउवा समूहबाट निर्वाचित बन्दा नौ जना कोइराला समूहबाट र एक जना तटस्थ उम्मेदवार निर्वाचित बने । डा। शशांक कोइराला साझा उम्मेदवारका रूपमा सबै समूहमा परेका थिए ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार बुधबार राति अबेरसम्म दलित, खस–आर्य, आदिवासी जनजातितर्फका केन्द्रीय सदस्यको पनि परिणाम आउने सम्भावना छ ।

कुल १ सय ६७ सदस्यीय हुने केन्द्रीय समितिमा ३३ जना भने सभापतिले मनोनीत गर्नेछन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP