सोमबार , भाद्र १५, २०८३

एमसिसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले काम थालेको छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको कार्यदलले बुधबारबाट काम थालेको हो । कार्यदलले एमसिसीसँग सम्बन्धित सबै पक्षको विस्तृत अध्ययन गरेर सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेतालाई सुझाब दिनेछ ।

कार्यदलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । खनालनिवास डल्लुमा बुधबार बसेको कार्यदलको पहिलो बैठकमा भएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्यदलका सदस्य कार्कीले जानकारी दिए ।

कार्यदल छिट्टै निष्कर्षमा पुगेर सञ्चारमाध्यममार्फत नेपाली जनतालाई सुसूचित गर्ने योजना रहेको कार्कीले बताए । कार्कीले भने, ‘एमसिसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौँं । र, आज प्रारम्भिक छलफल भएको छ । छलफल सकारात्मक भएको छ । अब केही दिनपछि हामी थप छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।’

कांग्रेस एमासिसी पारित गरेर जानुपर्नेमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसिसी पारित गर्न नहुने पक्षमा छन् । सरकारमा हुँदा एमसिसी पास गर्न जोड दिएको एमाले भने अहिले पर्ख र हेरको नीतिमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP