मंगलबार , जेठ ७, २०८२

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयसम्म बिजुलीको बक्यौता नतिर्ने दुई ठूला ग्राहकको लाइन काटेको छ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेशन र माउण्ट एभरेष्ट ब्रुअरीको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

फाउण्डेशनले बिजुलीको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता महसुल नतिरेपछि बुधबार लाइन काटिएको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । फाउण्डेशनले छ महिनाभन्दा बढी समयदेखि बक्यौता नतिरेको उनले बताए ।

आर्थिक सहायता उपलब्ध हुन छाडेपछि फाउण्डेशन टाट पल्टिएको छ । फाउण्डेशन रंगशाला निर्माणको कामबाट समेत पछि हटेको छ । फाउण्डेशनले ४५ केभीए क्षमता लिएर रंगशाला निर्माणको काम गर्दै आएको थियो । ‘सम्मानित संस्था भए पनि गर्नुपर्ने काम त गर्नुपर्‍यो’, उनले भने ।

भरतपुर वितरण केन्द्रअन्तर्गत सबैभन्दा बढी बक्यौता रहेको माउण्ट एभरेष्ट ब्रुअरीको लाइन पनि बुधबार नै काटिएको हो । ब्रुअरीले चार महिनादेखिको ३७ लाख ४१ हजार ३१७ रुपैयाँ बक्यौता नतिरेपछि लाइन काटिएको पौडेलले बताए ।

लाइन काट्नका लागि उद्योग परिसरभित्र जान खोजेका विद्युत्‌का कर्मचारीलाई ब्रुअरीका कर्मचारीले अवरोध गरेका थिए । ‘लाइन काट्न उद्योग परिसरमा प्रवेश गर्न खोज्दा तीन जना चौकीदार खटाएर हामीलाई लखेटियो’, उनले भने, ‘त्यसपछि बाहिरैबाट जम्पर खोलेर आयौँ ।’

भरतपुर वितरण केन्द्रले ६० दिनभित्र बिजुलीले महसुल नतिर्ने ग्राहकको लाइन काट्न पाउँछ । केन्द्रको जम्मा बक्यौता एक करोड १० लाख रुपैयाँ रहेको छ । बक्यौता नतिर्ने मध्येका दुई ठूला ग्राहकको बुधबार लाइन काट्ने काम भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP