मंगलबार , बैसाख २९, २०८३

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिन सक्ने कोही देखिएनन् । उनी आफैले उत्तराधिकारी समेत नखुलाउने बताइसके । अझै आफ्नो योगदान आवश्यक भएको बताइसके ।

राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रचण्ड नै रहने भएपछि महासचिवमा को हुने चासो बढेको छ । प्रचण्डले महासचिवमा रोल्पा या रुकुमलाई बेवास्ता नगर्ने निश्चितप्रायः भएको छ । माओवादी जनयुद्धमा रोल्पा र रुकुमको मुख्य योगदान छ । त्यसमाथि पनि रोल्पा आधारभूमि नै हो । प्रचण्डले माओवादी जनयुद्धको आधारभूमिलाई महत्व दिने बुझिएको छ ।

रोल्पाका वर्षमान पुन महासचिवका दाबेदार छन् । रोल्पाकै कृष्णबहादुर महरा पनि दाबेदार हुन् । महराले चुनावी क्षेत्र दाङ बनाइसके ।

रुकुम गृहक्षेत्र रहेका जर्नादन शर्मा पनि दाबेदार छन् । अर्थमन्त्री समेत रहेका शर्मा मुख्य दाबेदार हुन् । उनको सम्भावना बलियो छ । तर, सरकारमा पनि रहेकाले प्रचण्डले सरकार बाहिर रहेकालाई राख्ने सम्भावना छ ।

वर्षमान पुनको स्वास्थ्य समस्याका कारण उनलाई अन्य पदमा व्यवस्थापन गर्ने तयारी भइरहेको बुझिएको छ । त्यस्तो अवस्थामा शर्माले महासचिव पाउन सक्छन् । ओनसरी घर्तीलाई महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना पनि छ ।

माओवादीको पदाधिकारीमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुषाल, मातृका यादव, जयपुरी घर्ती, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेललगायतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP