सोमबार , भाद्र १५, २०८३

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको लामो समय बितिसकेको छ । यसअघिको संसद् बैठकमा पनि एमालेले सभामुख सापकोटाको राजीनामा माग्दै संसद् अवरोध गरेको थियो । तर, सभामुख सापकोटाले राजीनामा दिएनन्, बरु संसद् बैठक नै अन्त्य भयो ।

अहिले फेरि हिउँदे अधिवेशन चलिरहेको छ । प्रमुख विपक्षी एमालेले जारी अधिवशेनमा पनि पुरानै माग दोहो¥याइरहेको छ । उसले अहिले पनि सभामुख सापकोटाको राजीनामा माग गरिरहेको छ । तर, संसद् अवरोधबीच सभामुख सापकोटाले संसद् बैठकबाट गुर्नपर्ने आफ्नो काम गरिरहेका छन् ।

अब प्रश्न उठ्छ? के सभामुख सापकोटाले प्रमुख विपक्षी एमालेले भनेझैं सहजै राजीनामा देलान्? अहिलेसम्मको घटनाक्रम र वस्तुस्थिति विश्लेषण गर्दा उनले राजीनामा दिने कुनै आधार र संकेत देखिँदैन ।

एमालेले माधवकुमार नेपालसहित कारबाही गरेका १४ जना सांसदको सम्बन्धमा सभामुख सापकोटाले उनीहरूलाई पदमुक्त नगरेको आक्रोशमा उनको राजीनामा मागेको हो । सोही कारण भदौ यता एमालेले संसद्मा अवरोध जारी राखेको छ ।

एमालेले सभामुखको राजीनामा नआएसम्म सदन अवरोध नखोल्ने अडान लिएको छ । तर, एमालेको अवरोध खोल्न प्रतिपक्षले माग गरेजस्तै सभामुखको राजीनामा आउने आधार वा संकेत कतै नदेखिएको आजको राजधानी दैनिकमा खवर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP