सोमबार , बैसाख २२, २०८२

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको लामो समय बितिसकेको छ । यसअघिको संसद् बैठकमा पनि एमालेले सभामुख सापकोटाको राजीनामा माग्दै संसद् अवरोध गरेको थियो । तर, सभामुख सापकोटाले राजीनामा दिएनन्, बरु संसद् बैठक नै अन्त्य भयो ।

अहिले फेरि हिउँदे अधिवेशन चलिरहेको छ । प्रमुख विपक्षी एमालेले जारी अधिवशेनमा पनि पुरानै माग दोहो¥याइरहेको छ । उसले अहिले पनि सभामुख सापकोटाको राजीनामा माग गरिरहेको छ । तर, संसद् अवरोधबीच सभामुख सापकोटाले संसद् बैठकबाट गुर्नपर्ने आफ्नो काम गरिरहेका छन् ।

अब प्रश्न उठ्छ? के सभामुख सापकोटाले प्रमुख विपक्षी एमालेले भनेझैं सहजै राजीनामा देलान्? अहिलेसम्मको घटनाक्रम र वस्तुस्थिति विश्लेषण गर्दा उनले राजीनामा दिने कुनै आधार र संकेत देखिँदैन ।

एमालेले माधवकुमार नेपालसहित कारबाही गरेका १४ जना सांसदको सम्बन्धमा सभामुख सापकोटाले उनीहरूलाई पदमुक्त नगरेको आक्रोशमा उनको राजीनामा मागेको हो । सोही कारण भदौ यता एमालेले संसद्मा अवरोध जारी राखेको छ ।

एमालेले सभामुखको राजीनामा नआएसम्म सदन अवरोध नखोल्ने अडान लिएको छ । तर, एमालेको अवरोध खोल्न प्रतिपक्षले माग गरेजस्तै सभामुखको राजीनामा आउने आधार वा संकेत कतै नदेखिएको आजको राजधानी दैनिकमा खवर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP