सोमबार , बैसाख २२, २०८२

नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना अनुसार हृदयराम थानी १ मतले पराजित भएका छन् ।

मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी हुँदा थानी पराजित भए ।

शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरेका छन् । विजयी दुबै सभापति शेरबहादुर देउवा पक्षका हुन् । थानीले भने २१९९ मत पाए । सुर्खेत क्षेत्र नम्बर २ का नेता थानी पूर्व मन्त्रीसमेत हुन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका थानी एक भोटले मात्र पराजित भएपछि रामचन्द्र पौडेलले निर्वाचन बहिस्कार गर्दा पराजित भएको भन्दै उनी पक्षीय नेता कार्यकर्ताले सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।

महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मत हालेनन् । उनले मत हालेको भए थानीको जित हुने भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP