मंगलबार , बैसाख २९, २०८३

कोरोना संक्रमणअघि आउ–जाउ निर्बाध रहेका भारतसँग सीमा जोडिएका तराईका सीमानाकामा अहिले चेकजाँचमा कडाइ गर्न थालिएको छ ।

विराटनगरस्थित रानी नाकाबाट भारतीय नागरिकलाई प्रवेशका लागि अहिले खोप कार्ड अनिवार्य गरिएको छ । भारतबाट नेपालतर्फ आउने प्रत्येक व्यक्तिलाई स्वास्थ्य जाँचपछि मात्रै नेपालतर्फ प्रवेश दिने व्यवस्था गरिएको छ ।

रानी नाकास्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले दैनिक भारतबाट आउने सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आएको बताएका छन् ।

स्वास्थ्य जाँच गरिएकोमध्ये दैनिक एक सयभन्दा बढी व्यक्तिको एन्टिजेन परीक्षण गर्दै आएको उनले बताए। पछिल्लो एक सातामा भारतको मदरसाबाट आएका विराटनगरको बरगाछीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP