बुधबार , बैसाख २४, २०८२

नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म २६५० मत भन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १६५० मत पाउँदा पुष्पा भूसाल १५५९ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १४५६ मतका साथ तेस्रो स्थानमा छिन् ।​ यस्तै अम्बिका बस्नेत १३१० मतसहित चौथो नम्बरमा छिन् भने १२९६ मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा छिन् ।

११९० मतसहित सरिता प्रसाई छैटौं र रमा कोइराला १०५८ मत ल्याएर सातौं नम्बरमा छिन् । सुशीला ढकालले १०४१ रंगमति शाही १०२५ मत ल्याएर आठौं र नौ नम्बरमा छिन् । नम्बरमा स्थान बनाउन अनिता देवकोटा ९९१ मत ल्याएर संघर्ष गरिरहेकी छन् । काँग्रेसमा खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP