सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म २६५० मत भन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १६५० मत पाउँदा पुष्पा भूसाल १५५९ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १४५६ मतका साथ तेस्रो स्थानमा छिन् ।​ यस्तै अम्बिका बस्नेत १३१० मतसहित चौथो नम्बरमा छिन् भने १२९६ मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा छिन् ।

११९० मतसहित सरिता प्रसाई छैटौं र रमा कोइराला १०५८ मत ल्याएर सातौं नम्बरमा छिन् । सुशीला ढकालले १०४१ रंगमति शाही १०२५ मत ल्याएर आठौं र नौ नम्बरमा छिन् । नम्बरमा स्थान बनाउन अनिता देवकोटा ९९१ मत ल्याएर संघर्ष गरिरहेकी छन् । काँग्रेसमा खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP