बुधबार , बैसाख २४, २०८२

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीको मतगणना सकिएको छ । सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको परिणाम सार्वजनिक हुँदा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।सभापतिसहित १३ पदाधिकारीमध्ये देउवा समूहबाट सभापति, १ उपसभापति र ६ सहमहामन्त्री गरी ८ पदाधिकारी विजयी भए । डा. शेखर कोइराला समूहबाट १ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री गरी ४ जना विजयी भए । प्रकाशमान सिंह समूहबाट १ महामनत्री चुनिए ।

सभापतिमा देउवासहित उनको समूहबाट उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरु किशोरसिंह राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव, फर्मूल्लाहा मन्सुर, भीष्मराज आङदम्बे र डीना उपाध्याय निर्वाचित भएका छन् ।

डा. शेखर कोइराला समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीहरुमा जीवन परियार, बद्री पाण्डे निर्वाचित भए । प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भए ।

देउवा पक्ष- ८

सभापति, शेरबहादुर देउवा
उपसभापति, पूर्णबहादुर खड्का
सहमहामन्त्री, किशोरसिंह राठौर
सहमहामन्त्री, उमाकान्त चौधरी
सहमहामन्त्री, महेन्द्र यादव
सहमहामन्त्री, फर्मूल्लाहा मन्सुर
सहमहामन्त्री, भीष्मराज आङदम्बे
सहमहामन्त्री, डीना उपाध्याय

कोइराला पक्ष- ४

उपसभापति, धनराज गुरुङ
महामन्त्री, गगन थापा
सहमहामन्त्री, बद्री पाण्डे
सहमहामन्त्री, जीवन परियार

सिंह समूह- १

महामन्त्री, विश्वप्रकाश शर्मा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP