मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीको मतगणना सकिएको छ । सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको परिणाम सार्वजनिक हुँदा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।सभापतिसहित १३ पदाधिकारीमध्ये देउवा समूहबाट सभापति, १ उपसभापति र ६ सहमहामन्त्री गरी ८ पदाधिकारी विजयी भए । डा. शेखर कोइराला समूहबाट १ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री गरी ४ जना विजयी भए । प्रकाशमान सिंह समूहबाट १ महामनत्री चुनिए ।

सभापतिमा देउवासहित उनको समूहबाट उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरु किशोरसिंह राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव, फर्मूल्लाहा मन्सुर, भीष्मराज आङदम्बे र डीना उपाध्याय निर्वाचित भएका छन् ।

डा. शेखर कोइराला समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीहरुमा जीवन परियार, बद्री पाण्डे निर्वाचित भए । प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भए ।

देउवा पक्ष- ८

सभापति, शेरबहादुर देउवा
उपसभापति, पूर्णबहादुर खड्का
सहमहामन्त्री, किशोरसिंह राठौर
सहमहामन्त्री, उमाकान्त चौधरी
सहमहामन्त्री, महेन्द्र यादव
सहमहामन्त्री, फर्मूल्लाहा मन्सुर
सहमहामन्त्री, भीष्मराज आङदम्बे
सहमहामन्त्री, डीना उपाध्याय

कोइराला पक्ष- ४

उपसभापति, धनराज गुरुङ
महामन्त्री, गगन थापा
सहमहामन्त्री, बद्री पाण्डे
सहमहामन्त्री, जीवन परियार

सिंह समूह- १

महामन्त्री, विश्वप्रकाश शर्मा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP