मंगलबार , भाद्र १६, २०८३

देशका अधिकांश भू-भागमा आज (शुक्रबार)देखि हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज दिउँसोदेखी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका विभिन्न स्थानमा हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिमका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल बाग्मती र गण्डकी प्रदेशको पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहेको छ ।

केही दिन तापक्रम अझैँ घट्ने क्रममा रहेकाले चिसो बढ्ने भन्दै सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ । चिसोका कारण पर्वतारोहण, हवाईसेवा, यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने भन्दै महाशाखाले आवश्यक सुरक्षा-सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP