सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन् । महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेका कारण आफूहरु सबैको सभापति भएको उनले बताए ।

उनले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा खुशी प्रकट गरे । आफूहरुले यही लोकतान्त्रिक अभ्यास खोजेको पनि उनले प्रस्ट पारे । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सभापति पदका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा पाँच घण्टासम्म बसेर मतदातासँग भोट मागेको उनले सुनाए । आफू पनि शेखर कोइरालाको आडमा बसेर त्यो बेला मत मागिरहेको उनले बताए ।

‘यसले मेरो मनमा दुई वटा कुरा आयो । पहिलो कुरा, देउवालाई हार्ने हो कि भन्ने डरचाहिँ रहेछ, एक जना मतदाता पनि छाड्नु भएन,’ उनले भने, ‘यस्तै अधिवेशन केही अघि नारायणी किनारमा भएको थियो, त्यहाँ पूर्वप्रधानमन्त्री एउटा होटलमा सानले बस्नु भएको थियो । हाम्रो अधिवेशनको फरक यही हो कि बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनु प-यो, भोट माग्नुभयो ।’

दुवै चरणमा भएको निर्वाचनमा आफूले देउवालाई भोट नदिएको जानकारी दिँदै गगनले भने, ‘तर अब देउवा हामी सबैको सभापति हो । पार्टीको हितमा काम गर्नुभयो भने हाम्रो सहकार्य उहाँसँग हुन्छ । उहाँ जहाँ चुक्नुहुन्छ, उहाँसँग हाम्रो संघर्ष हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP