सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहेका छन् ।

राष्ट्रियसभा गृहमा जारी रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

साढे ४ बजेसम्म करिब ७ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP