मंगलबार , बैसाख २९, २०८३

आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीव्र रुपमा अगाडि बढेको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा पुस २० गतेसम्म मेला हुन लागेको हो ।

उक्त मेलामा चारसय बढी स्टल रहने जनाइएको छ । मेलामा स्वदेशी तथा विदेशी उत्पादनका चार सय ५० स्टल रहने र मंगलबारसम्म करिब सय वटा स्टल दर्ता भइसकेका स्टल व्यवस्थापन संयोजक लोकनाथ पाण्डेले जानकारी दिए ।

प्रदर्शनीमा स्वदेशी उद्योगका उत्पादन, कृषि र नयाँ प्रविधिका स्टललाई प्राथमिकता दिइएको मेलाका प्रवक्ता विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस्तै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत डान्स आइडल, मम्मी डान्स, विद्यालयस्तरीय नृत्य र दोहोरी गीत प्रतियोगिता सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।

मेलामा युवा पुस्तालाई आकर्षित गर्न १५ वटा सेल्फी जोन र शंखघण्टसहितका पूजारी राखेर विभिन्न ११ देवी–देवताका मन्दिर बनाइने संघका प्रचारप्रसार समिति संयोजक जनेस पन्थीले बताए ।

बुटवलमा क्रियाशील चार वटा व्यावसायिक संस्थामध्ये उद्योग व्यापार संघ बुटवलले पहिलोपटक मेला आयोजना गर्न लागेको हो । बुटवलमा प्रत्येक वर्ष यस्ता मेला स्थानीय उद्योगी व्यापारीका संघ संगठनहरुले गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP