बुधबार , बैसाख १०, २०८२

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा आउँदो शुक्रबार १८ भदौमा पेसी तोकिने भएको छ । सो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिदामा बस्ने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाइबाट आफूलाई अलग गरेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले पेसी तोक्ने र संवैधानिक इजलासको नेतृत्व गर्नेछन् । वरिष्ठ न्यायाधीश कार्कीको नेतृत्वमा अन्य चार जना न्यायाधीशसहितको संवैधानिक इजलास तोकिनेछ । आउँदो शुक्रबार मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।

परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमाथि सुनुवाइका लागि पेसी तोक्ने र फैसला हुने दिन प्रधानन्यायाधीश राणा अनुपस्थित हुनेछन् । मंसिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दा सुुनुवाइका क्रममा प्रधानन्यायाधीश राणाको विषयमा रिट निवेदक ओमप्रकाश अर्यालले प्रश्न उठाएका थिए । नौ महिनाअघि अर्यालले दायर गरेको रिटको शुक्रबार प्रारम्भिक सुनुवाइका लागि राखिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संवैधानिक परिषद्को सदस्यकै हैसियतमा रहेको भन्दै सो मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेको थियो ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी हुनुपूर्व ६ सदस्यीय परिषद् बैठकमा पाँच जना अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ । उपसभामुख रिक्त भएको अवस्थामा चार जनाको उपस्थितिमा बैठक बस्न सकिन्थ्यो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि तीन जना बसेर पनि निर्णय गर्न सक्ने व्यवस्था भयो । सोही अध्यादेशको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको उपस्थितिमा बसेको बैठकले विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति भएको थियो ।

आजको राजधानी दैनिकमा खवर  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP