आइतबार , भाद्र १४, २०८३

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ ।

सो टोलीले सुरुङमा सानो प्वाल पारी अक्सिजन पठाउन सुरु गरिएको गृहमन्त्री सुधन गुरुङले फेसबुकबाट जानकारी दिएका हुन् ।

उनका अनुसार अब सुरुङभित्र प्रवेश गर्ने मार्ग फराकिलो बनाएपछि उद्धार टोली पनि भित्र पठाइनेछ ।

उक्त आयोजनाको सुरुङभित्र ठूलो सङ्ख्यामा इन्जिनियर र मजदुर फसेको अनुमान गरिएको छ । अप्ठयारो भू–बनोटमा रहेको उक्त सुरुङमा फसेका व्यक्तिको उद्धार गर्न सरकारको आग्रहमा भारत र चीनबाट दक्ष उद्धारक आज नेपाल आएका थिए । अपराह्नबाट उनीहरूको सहयोगमा नेपाली सुरक्षा फौजले त्यस क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP