बुधबार , बैसाख १०, २०८२

क्रियाशिल सदस्यहरुको सुची सार्वजनीक गर्नुपर्र्नेे माग राख्दै पार्टी केन्द्रिय कार्यालयमा जारि जिल्ला सभापतिहरुको रिले अनसन दोस्रो दिन पनि कायम छ ।

दोस्रो दिन विहिवार जिल्ला सभापति तनहुका बैकुण्ठ न्यौपाने, डोल्पाका अंगतकुमार बुढा र सुर्खेतका कमलराज रेग्मीका साथै सबल काग्रेसका लागि युवा अभियानका तर्फबाट मनोजमणी आचार्य र प्रमोदहरि गुरागाई २४ घण्टे अनसनमा बस्नु भएको छ ।
यस अघि भदौ १६ देखि गर्ने भनिएको १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि छिटो नया कार्यतालिका सार्वजनीक गरि महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिदै सबल काग्रेसका लागि युवा अभियानले नेतृत्वलाई ज्ञापनपत्र बुझाएको थियो ।

क्रियाशिल सदस्यताको सुची सार्वजनीक गर्न माग गर्दै पहिलो दिन वुधवार नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसी धादिङका जिल्ला सभापति रमेश धमला काभ्रेका जिल्ला सभापति मधु आचार्य तथा नेताहरु रन्जित कर्ण र डिल्लीराम सुवेदी रिले अनसनमा बसेका थिए। अनसनरत नेताहरुलाई साथ दिन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोईराला, केन्द्रिय सदस्य डा. शेखर कोइराला, अर्जुन नरसिंह केसि लगाएत एकदर्जन नेताहरु पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका थिए ।

तल्लो तहको अधिवेशन शुरु हुन एकसाता समय बाकी हुदा समेत काग्रेसले क्रियाशिल सदस्यको विवरण सार्वजनीक गरेको छैन । अनसनतर नेताहरुले अविलम्ब क्रियाशिल सदस्यताको सम्पुर्ण सुची सार्वजनीक गर्नु पर्ने पहिलो माग राखेका छन् भने दोस्रोमा क्रियाशिल सदस्यता तहगत निर्णय गरिएको सुचीका त्रुटी, कमिकमजोरी माथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रुप प्रदान गर्नुपर्ने माग रहेको छ ।

तीन वुदे मागमा सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरि निर्वाचन निर्देशिका संशोधन गनुृपर्ने पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP