मंगलबार , बैसाख २९, २०८३

एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्। स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले कोही पनि व्यक्ति निर्विकल्प नहुने तर अनुकूल समयमा पार्टी एमालेले आउँदो मंसिर दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरेलगत्तै ओलीको यस्तो धारणा आएको हो।

एमाले नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि र तत्कालीन नेकपाको अध्यक्ष हुँदा ओलीले एउटै कक्षा दोहोर्‍याएर नपढ्ने पटकपटक बताएका थिए। तर बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म स्वाभाविक रूपमा अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रयास गर्छु, त्यसमा विश्वास गर्छु।’ ओलीले अर्को व्यवस्था नभएसम्म वा कसैले चुनौती नदिएको अवस्थासम्म आफू अध्यक्ष हुने बताए। ‘अहिले अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष हुँ या अर्को व्यवस्था गर्नु नपरेसम्मका लागि।

सामान्य हिसाबमा भन्नुपर्दा महाधिवेशनसम्मका लागि। कसैले मलाई चुनौती दिइहाल्या छैन, दिनुपर्ने पनि छैन, किनकि हामी चुनौतीको खोजी गरेर दिनैपिच्छे पार्टीभित्र लफडा गर्दैनौं। यो हाम्रो काम होइन। हामी समस्या होइनौं। हामी समस्याका समाधान हौं। हामी देशमा आएका र पार्टीमा आएका समस्या समाधान गर्छौं। निर्विकल्प कोही पनि हुँदैन’, ओलीले भने।

उनले अगाडि थपे, ‘निर्विकल्प कहिलेसम्म रु केही चिज दुनियाँमा निर्विकल्प हुन्छ रु यो पञ्चायत निर्विकल्प भएजस्तै, कुनै चिज निर्विकल्प हुन्छ रु कुनै चिज, जसको सुरु हुन्छ, त्यसको अन्त्य हुन्छ। जो प्रधानमन्त्री हुन्छ, त्यो जीवितै छँदा होस् वा अरू नै कारणले भूतपूर्व हुन्छ हुन्छ। कुनै एउटा अवधिका लागि निर्विकल्प हुन्छ। यो कुरा नबुझ्ने मान्छेहरू कोही हुँदा निकै खुसी हुने र हट्दा दुःखी हुने जो छ, हाम्रो चलन त्यस्तो छैन।’

ओलीले आफूले जीवन र जगत्लाई बुझेको पनि बताए। ‘हामी दुनियाँलाई बुझ्छौं, जीवन जगत्लाई बुझ्छौं, केही पनि निर्विकल्प हुँदैन। खास अवधिका लागि निर्विकल्प हुनसक्छ। जस्तो– अहिले नेकपा एमाले प्रतिपक्षमा निर्विकल्प छ, प्रतिपक्षमा यसको विकल्प छैन। आउँदो चुनावबाट यो फेरि सरकारमा जान्छ, यसको विकल्प पनि छैन। यो सधैंका लागि होइन। आवधिक निर्वाचन भइरहन्छ,’ उनले भने।  यो समाचार नागरिक दैनिकमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP