शनिबार , भाद्र १३, २०८३

आफ्नै कोठामा मृत फेला परेकी प्यूठानकी एक यूवतीको रहस्यमय मृत्यु भएको आठ दिन बितिसक्दा पनि प्रहरीले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएको छैन । प्यूठान नगरपालिका–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती खत्री क्षेत्री सिद्धार्थनगर नगरपालिका वडा नम्वर १३ भैरहवा हाटबजार नजिकै आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको हत्या हो वा आत्महत्या यसबारे ठोस अनुसन्धान भएको छैन । तर, मृतकका परिवारले लालमतीको हत्या भएको भन्दै भैरहवाकै एक यूवाको नाममा लिखित जोहरी दिएका छन् ।

दुई वर्षदेखि भैरहवामा लक्ष्मी बुटिङ टेलरिङ सेन्टर संचालन गर्दै आएकी खत्रीको अकस्मात मृत्यको खवर प्रहरीले पु¥याउँदा परिवार पिडामा छन् । बहिनीले आफ्नै कारणले आत्महत्या नगरेको भन्दै उनको कोठामा भेटिएका प्रमाणहरुसहित कान्छो दाई टेकराज केसी आठ दिनदेखि बहिनीको न्यायको खोजीमा भौतारिएका छन् । लालमती घरकी झाइली (कान्छी माथिकी) छोरी हुन् ।

परिवारले सिद्धार्थनगर नगरपालिका वडा नम्वर १ रुपन्देहीका ३० वर्षीय जोर्डन विक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएका छन् । ‘बहिनीको कोठामा आरोपित व्यक्तिको नेपाली नागरिकता र सेतो गन्जीको कपडा भेटिएको छ’, दाई टेकराजले प्रश्न गर्दै भने, ‘प्रमाणसहित प्रहरीलाई लिखित जाहेरी दिँदा पनि प्रहरीले किन प्रक्राउ गर्दैन ?’

बहिनीको न्यायको खोजीमा बुटवलमा भौंतारिएका मृतकका दुई दाजुभाई

जिल्ला प्रहरी कार्यालय भैरहवामा परिवारले जाहेरी दिएका छन् । आरोपित व्यक्तिको खोजी हुँदैछ, हुँदैछ भनेर मात्र प्रहरीले टार्न खोजेको परिवारको गुनासो छ । बहिनी र आरोपित व्यक्तिको बीचमा भिडियो च्याटको कुराकानी, बहिनी बस्ने कोठामा भेटिएको कपडा लगाएर बनाएको भिडियो र सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भैरहवामा दुवै जनाले गरेको बचत पासबुक परिवारले प्रहरीलाई दिएका छन् ।

छिमेकीका अनुसार अघिल्लो साँझसम्म आरोपित व्यक्ति मृतकको कोठामा थिए । एक महिनादेखि विवाह गरेको भनेर सँगै बस्दै आएको छिमेकीसँग मृतक लालमतीले पनि भन्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपनि आवश्यक कागजात नपुगेको प्रतिक्रिया दिए । ‘आत्महत्या दुरुत्साहन हो भनेर संलग्न गरिएका कागजातले पुग्दैन्’, उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’

आरोपित यूवा र मृतक यूवतीबीच गरिएका भिडियो, म्यासेजमा गरिएका कुराकानी, सँगै बसेका फोटा लगायत प्रमाणले उनीहरु प्रेम सम्वन्धमा रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP