आइतबार , बैसाख ७, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । आज (आइतबार) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रचण्ड नेकपा एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका हुन् ।

योसँगै तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले भोलि (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिएका छन् । प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९÷९ महिना प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP