मंगलबार , अषोज २७, २०८३

बुटवल।तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि संचारिका समुह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै संचारिका समुहले उपाधि हात पारेको हो ।

उपाधिसंगै संचारिकाले नगद १२ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । सिद्धबाबा मन्दिर विकास समितिको टिम उपविजेता बन्दै नगद ६ हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा संचारिका समुहकी टिम क्याप्टेन निरु गौतम सर्वोत्कृत खेलाडी घोषित हुदै पुरस्कृत भईन । यसैगरि संचारिकाकै उषाकिरण पन्थ उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता शंकरनगर खानेपानी तथा सरसफाई संस्थाकी पावर्ती खत्री, अनुसासित खेलाडी सिद्धबाबाकी दुर्गा थापा र जेष्ठ महिलाबाट बुटवल उपमहानगरपालिकाकी कोपिला ज्ञवाली पुरस्कृत भएका छन ।

सचेत नारी, सचेत परिवार : हरेक क्षेत्रमा समान अधिकार नारासहित स्थापना भएको रेडियो मुक्ति ९५ थोप्लो ५ को स्थापना दिवसको अवसरमा सम्पन्न कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रेडियोकी अध्यक्ष दीपु पोखरेल, रेडियोका स्टेशन म्यानेजर कल्पना तिवारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अमृता अनमोलले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन ।

सामुदायिक रेडियो, रेडियो मुक्ति ९५ थोप्ला ५ को आयोजना, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका वडा नं. १ र २ को सहकार्यमा एक दिने महिला शसक्तिकरणका लागि खेल नारासहित आयोजना गरिएको प्रतियोगितालाई कृषि विकास बैक लिमिटेड बुटवल, सिटिजन बैक, ग्लोबल आईएमई, एभरेष्ट, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, सिद्धबाबा मन्दिर विकास समिति, रोटरी क्लब अफ तिनाउ बुटवल, लायन्स क्लब अफ शंकरनगर बाटिका, ईनरह्लि क्लब अफ मिडटाउनको समन्वयमा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP