मंगलबार , बैसाख २९, २०८३

२५ फागुन, काठमाडौं । साबिक नेकपाको प्रचण्ड–माधव समूहको ठूलो हिस्सा माधवकुमार नेपाल समूहलाई विदा गरेको भोलिपल्ट पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको स्थायी कमिटी बैठक राखेर नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गराए ।

बैठक लगतै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगे । देउवासँग करिव २० मिनेट कुरा गरेका उनी टोखा पुगे र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटे । त्यो भेटमा जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू समेत सहभागी थिए ।

नेताहरुका अनुसार प्रचण्डको प्रष्ट एजेण्डा छ, हर हालतमा केपी शर्मा ओली नेतृत्वको सरकार परिर्वतन ।

स्थायी कमिटीको बैठकमा राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै उनले सरकार परिर्वतन पहिलो प्राथमिकता भएको बताएका थिए । तर यो सहज नभएको भन्दै सबैले पहल गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा अझै सरकारको नेतृत्व गर्न अग्रसर भइसकेका छैनन् । यद्यपि मंगलबार भएको भेटमा देउवासँग सकारात्मक कुराकानी भएको बताइएको छ ।

एमाले इतरको सरकार बनाउन निर्णायक बनेको जसपामा पनि यसबारे दुई धार देखिएको छ । पार्टीमा थाहै थदिई सत्ता पक्षसँग वार्ता गर्न कार्यदल बनाएका महन्थ ठाकुरमाथि एमालेसँग गठबन्धन गर्न दबाव छ । अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष भने कांग्रेस र माओवादी केन्द्रसँग सरकार बनाउन चाहन्छ ।

माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यका अनुसार पेरिसडाँडामा बैठक चलिरहँदा प्रधानमन्त्री ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न साँझ बालुवाटार बोलाएको खबर आएको थियो । नेताहरुले जसपाभित्रको अन्तरसंघर्ष र एमाले इतरको सरकार गठनका चुनौतीबारे समीक्षा गरेका छन् ।

तत्काल समर्थन फिर्ता नलिने

माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने बताएका छन् । सर्वोच्च अदालतले नेकपाको नाम विवादमा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी फैसला सुनाएपछि नेताहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएका थिए ।

तर प्रचण्डले समर्थन फिर्ताका लागि हतार गर्न नहुने बताएका छन् । बैठकपछि नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि समर्थन फिर्ताबारे बैठकले कुनै निर्णय नगरेको जानकारी दिएका छन् ।

अन्तरसंघर्षमा यति गम्भीर खेल !

नेताहरुले नेकपाको नाम विवादमा सर्वोच्चले गरेको फैसला र त्यसको सम्भावित कारणको समीक्षा गरेका छन् ।

नेकपाको नाम विवादमा फैसला दिने दुई न्यायाधीशमध्ये एक कुमार रेग्मी झापाको भएको र प्रधानमन्त्री ओलीसँगै महान्यायाधिवक्ता अग्नि खरेल लगायत लागेर सेटिङ मिलाएको उनीहरुको दाबी थियो ।

एक नेता भन्छन्, संसद विघटनविरुद्ध परेको मुद्दामा नै खेल्न खोजेका थिए । तर जनमत फरक ढंगले बनेका कारण त्यो सफल भएन । नेकपाको नाममा खेल्न सफल भए ।’

साबिकको नेकपाको अन्तरसंघर्षमा खेल्न र ओली सरकार जोगाउन अन्तराष्ट्रिय शक्ति केन्द्रहरु नै लागेको निष्कर्ष नेताहरुको थियो ।

बैठकपछि स्थायी कमिटी सदस्य जनादर्न शर्मा प्रभाकरले राजनीतिक पार्टीहरु स्वतन्त्र हुन् कि अधिनस्त हुन् भन्ने गम्भीर प्रश्न उठेको बताए । ‘राजनीतिक प्रकृतिको निर्णय र मागदावी भन्दा बढीको निर्णय भएकाले यो बेठीक हो’ नेता शर्माले भने ‘तर अदालतले निर्णय गरिसकेको हुनाले बेठीक भएको कुरा विरोध गर्दै अदालतको फैसला कार्यान्वयन गर्ने र समझदारीको आधारमा पूर्व पार्टीहरु सञ्चालन गर्ने आवश्यकता परेको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP