मंगलबार , असार १६, २०८३

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ४ विकेटले हराएको हो ।

हैदराबादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । मुम्बईका लागि विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । रायन रिकल्टनले ३१, रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ तथा हार्दिक पान्ड्या र तिलक वर्माले समान २१ रन बनाए ।

हैदराबादका कप्तान प्याट कमिन्सले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए । इशान मलिङ्गाले २ तथा राहुल चहरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए भने हेनरिच क्लासेनले ३७ रन बनाए । ट्राभिस हेडले २८ रनको योगदान दिए ।

मुम्बईका विल ज्याक्सले ३ ओभरमा १४ रन दिएर २ विकेट लिए । ट्रेन्ट बोल्ट, हार्दिक पान्ड्या र जसप्रित बुमराहले १-१ विकेट लिए ।

यस जितपछि मुम्बईको ७ खेलमा ६ अंक भएको छ र अंकतालिकामा सातौं स्थानमा छ भने ७ खेलमा ४ अंक मात्र भएको हैदराबाद नवौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP