मंगलबार , बैसाख २९, २०८३

मंगल ग्रहमा रहेको नासाको इन्साइट रोभरले ऊर्जा सञ्चय गर्न छाडेको जनाउ दिएको छ । रोभरले कैद गरेको तस्बिर नासाले मंगलबार सार्वजनिक गर्दै सञ्चालनका लागि चाहिने ऊर्जा कम भएको बताउँदै ‘अन्तिम’ अवस्थामा रहेकाे जनाएको हो ।

रोभरमा धेरै धुलो टाँसिएपछि आन्तरिक ऊर्जा प्रणाली कमजोर भएको छ । यसमा जडित सोलर प्यानलहरूमा धुलो ढाँकिँदा सौर्य ऊर्जा उत्पादन निकै कम हुन थालेको छ ।

नोभेम्बरमा नासाले ल्यान्डरमा धुलो भरिँदा ऊर्जा उत्पादन कम भएको जनाएको थियो । ‘रोभरको सोलार प्यानलमा धुलो भरिँदै जाँदा ऊर्जा उत्पादन कम हुँदै गएको छ,’ नोभेम्बर २ मा नासाले दिएको विवरणमा भनिएको थियो, ‘रोभरको आयु केही हप्ताभित्र समाप्त हुन सक्छ ।’ मंगल ग्रहमा बहने धुलोले सौर्य ऊर्जा उत्पादन कम हुँदा रोभरले काम गर्न नसक्ने अवस्था बनेको हो ।

मंगल ग्रहको सतहमा रहेको रोभरले कैद गरेको सोलार प्यानलमा टाँसिएको धुलोको थुप्रो । तस्बिरः नासा ।

मंगल ग्रहको सतहको तस्बिर सार्वजनिक गर्दै रातो ग्रहको अन्वेषणमा यो रोभरले महत्वपूर्ण योगदान गरेको छ ।

रोभरको ट्वीटर खाताबाट सेयर भएको ट्वीटमा भनिएको छ, ‘मेरो ऊर्जा एकदमै कम भइरहेको छ, सायद मैले पठाएको यो अन्तिम तस्बिर हुन सक्छ । मेरोबारे त्यति धेरै चिन्ता नलिनुहोस्: म यहाँ रहँदाको समय उत्पादनमूलक र शान्त रह्यो ।’

सन् २००४ मा मंगल ग्रहमा जमिन रहेको पुष्टि गर्ने ‘क्युरिओसिटी मिसन’ कै नजिक ‘इन्साइट’ को अवतरण भएको थियो । रोभर मंगल ग्रहको ‘एलासिअम प्लानिसिआ’ क्षेत्रमा अवतरण भएको थियो । यो रोभरमा रोबोटिक बाहु(आर्म), हार्मर र भूकम्प निगरानीका साथै भूगर्भ अध्ययनका संलग्न भएको थियो । ऊर्जा उत्पादन नहुँदा रोबोटिक आर्म सञ्चालन हुन सक्दैन ।

रोभरले मंगल ग्रहमा खिचेको पछिल्लो तस्बिर ।

रोभरले पहिलो पटक मंगल ग्रहको सतहमा उत्खनन् गर्दै मंगल ग्रहमा जाने मंगलकम्पन(मार्सक्वेक)को मापन गरेको थियो । जसमा उच्चस्तरको सिस्मोमिटरको प्रयोग गरिएको थियो । मंगल ग्रहको सतहमा रोभरले १३ सय वटा कम्पनका विवरण स‌ंकलन गरेको थियो । तीमध्ये ५० वटा घट्नामा स्पष्ट रुपमा भूकम्पीय कम्पनबाट स्पष्ट संकेत मिलेको नासाले जनाएको छ । यस्तै, रोभरको ल्यान्डरबाट प्राप्त तथ्यांकले मंगल ग्रहको भित्री सतहको बारेमा पनि थाहा भएको थियो ।

नासाको इन्साइट रोभर मिसनको वेबसाइटमा रोभर लिएका ६ हजार ६ सय ६८ वटा ‘र इमेजहरू’ राखिएको छ । रोभरले मंगल ग्रहबाट अहिलेसम्मकै धेरै मौसमी तथ्यांकको विवरण संकलन गरेको जनाइएको छ ।

मिसन अन्तर्गत नै रोभरमा जडान भएका तापक्रम, सिस्मोमिटर, वायु सेन्सर, ताप मापन गर्ने उपकरणको सहायताले महत्वपूर्ण वैज्ञानिक अन्वेषण स‌ंभव भएको हो ।

मंगल ग्रहका लागि यो रोभर सन् २०१८ को मे ५ तारिख अमेरिकाबाट एट्लास भी-४०१ रकेटबाट प्रक्षेपण गरिएको थियो । २०१८ को नोभेम्बर २६मा मंगल ग्रह अवतरण भएको थियो । मंगल ग्रहमा यो रोभरले ४ वर्ष २४ दिन बिताएको छ ।

यो मिसन सन् २०१६मै सुरु गर्ने भनिएपछि उपकरण निर्माण कार्य समयमा नै सम्पन्न हुन नसक्दा परियोजना खर्च ६७५ मिलियन डलरबाट बढेर ८३० मिलियन डलर पुगेको थियो ।

रोभरमा ऊर्जा कम भएर काम गर्न छाडेपनि नासाले तत्कालै मिसन समाप्तीको भने घोषणा नगर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP