सोमबार , बैसाख ८, २०८२

मंगल ग्रहमा रहेको नासाको इन्साइट रोभरले ऊर्जा सञ्चय गर्न छाडेको जनाउ दिएको छ । रोभरले कैद गरेको तस्बिर नासाले मंगलबार सार्वजनिक गर्दै सञ्चालनका लागि चाहिने ऊर्जा कम भएको बताउँदै ‘अन्तिम’ अवस्थामा रहेकाे जनाएको हो ।

रोभरमा धेरै धुलो टाँसिएपछि आन्तरिक ऊर्जा प्रणाली कमजोर भएको छ । यसमा जडित सोलर प्यानलहरूमा धुलो ढाँकिँदा सौर्य ऊर्जा उत्पादन निकै कम हुन थालेको छ ।

नोभेम्बरमा नासाले ल्यान्डरमा धुलो भरिँदा ऊर्जा उत्पादन कम भएको जनाएको थियो । ‘रोभरको सोलार प्यानलमा धुलो भरिँदै जाँदा ऊर्जा उत्पादन कम हुँदै गएको छ,’ नोभेम्बर २ मा नासाले दिएको विवरणमा भनिएको थियो, ‘रोभरको आयु केही हप्ताभित्र समाप्त हुन सक्छ ।’ मंगल ग्रहमा बहने धुलोले सौर्य ऊर्जा उत्पादन कम हुँदा रोभरले काम गर्न नसक्ने अवस्था बनेको हो ।

मंगल ग्रहको सतहमा रहेको रोभरले कैद गरेको सोलार प्यानलमा टाँसिएको धुलोको थुप्रो । तस्बिरः नासा ।

मंगल ग्रहको सतहको तस्बिर सार्वजनिक गर्दै रातो ग्रहको अन्वेषणमा यो रोभरले महत्वपूर्ण योगदान गरेको छ ।

रोभरको ट्वीटर खाताबाट सेयर भएको ट्वीटमा भनिएको छ, ‘मेरो ऊर्जा एकदमै कम भइरहेको छ, सायद मैले पठाएको यो अन्तिम तस्बिर हुन सक्छ । मेरोबारे त्यति धेरै चिन्ता नलिनुहोस्: म यहाँ रहँदाको समय उत्पादनमूलक र शान्त रह्यो ।’

सन् २००४ मा मंगल ग्रहमा जमिन रहेको पुष्टि गर्ने ‘क्युरिओसिटी मिसन’ कै नजिक ‘इन्साइट’ को अवतरण भएको थियो । रोभर मंगल ग्रहको ‘एलासिअम प्लानिसिआ’ क्षेत्रमा अवतरण भएको थियो । यो रोभरमा रोबोटिक बाहु(आर्म), हार्मर र भूकम्प निगरानीका साथै भूगर्भ अध्ययनका संलग्न भएको थियो । ऊर्जा उत्पादन नहुँदा रोबोटिक आर्म सञ्चालन हुन सक्दैन ।

रोभरले मंगल ग्रहमा खिचेको पछिल्लो तस्बिर ।

रोभरले पहिलो पटक मंगल ग्रहको सतहमा उत्खनन् गर्दै मंगल ग्रहमा जाने मंगलकम्पन(मार्सक्वेक)को मापन गरेको थियो । जसमा उच्चस्तरको सिस्मोमिटरको प्रयोग गरिएको थियो । मंगल ग्रहको सतहमा रोभरले १३ सय वटा कम्पनका विवरण स‌ंकलन गरेको थियो । तीमध्ये ५० वटा घट्नामा स्पष्ट रुपमा भूकम्पीय कम्पनबाट स्पष्ट संकेत मिलेको नासाले जनाएको छ । यस्तै, रोभरको ल्यान्डरबाट प्राप्त तथ्यांकले मंगल ग्रहको भित्री सतहको बारेमा पनि थाहा भएको थियो ।

नासाको इन्साइट रोभर मिसनको वेबसाइटमा रोभर लिएका ६ हजार ६ सय ६८ वटा ‘र इमेजहरू’ राखिएको छ । रोभरले मंगल ग्रहबाट अहिलेसम्मकै धेरै मौसमी तथ्यांकको विवरण संकलन गरेको जनाइएको छ ।

मिसन अन्तर्गत नै रोभरमा जडान भएका तापक्रम, सिस्मोमिटर, वायु सेन्सर, ताप मापन गर्ने उपकरणको सहायताले महत्वपूर्ण वैज्ञानिक अन्वेषण स‌ंभव भएको हो ।

मंगल ग्रहका लागि यो रोभर सन् २०१८ को मे ५ तारिख अमेरिकाबाट एट्लास भी-४०१ रकेटबाट प्रक्षेपण गरिएको थियो । २०१८ को नोभेम्बर २६मा मंगल ग्रह अवतरण भएको थियो । मंगल ग्रहमा यो रोभरले ४ वर्ष २४ दिन बिताएको छ ।

यो मिसन सन् २०१६मै सुरु गर्ने भनिएपछि उपकरण निर्माण कार्य समयमा नै सम्पन्न हुन नसक्दा परियोजना खर्च ६७५ मिलियन डलरबाट बढेर ८३० मिलियन डलर पुगेको थियो ।

रोभरमा ऊर्जा कम भएर काम गर्न छाडेपनि नासाले तत्कालै मिसन समाप्तीको भने घोषणा नगर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP