शनिबार , भाद्र १३, २०८३

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विगतका निर्वाचन भन्दा आसन्न निर्वाचन महँगो भएको कसैले प्रमाणित गरेमा आफूले तत्काल पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आज (शनिबार) विराटनगरमा पत्रकार भेटघाटमा उनले विगतका निर्वाचन भन्दा आसन्न निर्वाचन सबै हिसाबमा सस्तो रहेको दाबी गरे । पत्रकार भेटघाटमा प्रमुख आयुक्त थपलियाले ०६४, ०७०, ०७४ मा निर्वाचन सम्पन्न गराउने भएको खर्चको तुलनामा हालै सम्पन्न निर्वाचन खर्चको हिसाबमा महंगो भएको प्रमाणित गरेर देखाउनपनि चुनौती दिएका छन् ।

‘०६४ साल यता र हालै निर्वाचन सम्पन्न गरिरहँदा र हालै निर्वाचन सम्पन्न भइरहदा यो बीचमा कति मुल्यवृद्धि भएको छ, कर्मचारीको तलब भत्ताकति बृद्धि भएको छ,’ उनले भने, ‘र त्यति बेलाका निर्वाचन पर क्यापिटल कष्टका हिसबमा यो निर्वाचन कसैले महंगो भयो भनेर प्रमाणित गर्छ भने त्यही दिनदेखि म जस्तो नालायक यो पदमा बस्नु हुन्न । त्यसैले प्रमाणित भएको दिनबाटै लागु हुनेग री म मेरो पदबाट राजीनामा दिनेछु ।’

थपलियाले आगामी दिनमा निर्वाचन आयोगलाई अझ शसक्त बनाउनका लागि नयाँ कानुन तजूमा गरिने बताए । उनले निर्वाचनमा विदेशमा बस्ने नागरिकको विषय आयोगलाई सशक्त बनाउन कानूनी रुपमा नै व्यवस्थित गरिने जानकारी दिए ।

समानुपातितर्फको मत सोचे भन्दा यस पटक कम झरेको आयोगको निष्कर्ष निकालेको भन्दै प्रमुख आयुक्त थपलियाले कम्तिमा नेपाली नागरिकले मतदाता नामावलीमा नाम भएको नागरिकले जुनसुकै स्थानबाट मत खसल्नो सुविधासहितको ब्यवस्था गर्नतर्फ आयोग लाग्ने पनि बताए । उनले कुनै पनि क्षेत्रमा पुनः निर्वाचन र पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP