शनिबार , असार १३, २०८३

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँले घटाएको हो ।

मूल्य समायोजनपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७५ कायम हुने भएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

यसबीचमा भारतीय आयल कर्पोरेशनले पटक–पटक मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले घाटा देखाउँदै मूल्य समायोजनमा आनाकानी गर्दै आएको थियो । पछिल्लो पटक शुक्रबार भारतीय आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएसँगै नेपालमा थोरै मूल्य घटाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP