
नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्दै त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि जितेपछि कप्तान सन्दीप लामिछानेले खेलमा निकै सुधार आएको बताएका छन् । खेल जितेपछि पत्रकारको प्रश्नमा उनले ब्याटिङमा निकै सुधार आएको बताएका छन् ।
‘ब्याटिङमा पनि सुधार आएको छ, बलिङ पनि राम्रो भएको छ,’ लामिछानेले भने । उनले नेपालले देशभित्र मात्र नभई बाहिर पनि राम्रो खेलेको बताए ।
खेल राम्रो खेल्दा गर्वको अनुभूती भएको बताए । टिमले राम्रो खेलेको बताए । उनले भने, ‘सबैले राम्रो खेल्नुभएको छ, सबैसँग केही न केही कौशल छ ।’
क्रिकेटमा विवादबारे सोधिएको प्रश्नमा केही नबोल्ने बताए ।