मंगलबार , बैसाख २९, २०८३

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले राप्रपाका दुबै समूहसँग चुनावी तालमेलका लागि छलफल थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र राप्रपा नेपालसँग चुनावी तालमेलका लागि छलफल थालेका हुन् ।

बिहीबार नेपालगञ्जमा ओलीले सो महानगरपालिकाका मेयर धवलशमशेर राणासँग चुनावी तालमेलबारे प्रारम्भिक छलफल गरेका छन् । यस्तै, ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग पनि चुनावी गठबन्धनका लागि विभिन्न चरणमा छलफल गरेको सो पार्टीका नेताहरुले बताएका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा पनि कतिपय स्थानीय तहमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । तर, राप्रपाको महाधिवेशनपछि सो पार्टी दुईवटा भएर राप्रपा र राप्रपा नेपाल भएको छ । देशभर छरिएर रहेको राप्रपाको मतलाई आफूतिर तान्न तथा केही स्थानीय तहमा राप्रपालाई पनि सघाउने गरी ओलीले छलफल थालेका हुन् ।
@ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP