मंगलबार , बैसाख २९, २०८३

धनकुटा : शहरी विकास मन्त्री रामकुमारी झाक्रीले ओली सरकारले घोषणा गरेका गरिब निमुखा जातिय बस्ती निर्माण गर्ने योजना अलपत्र अवस्थामा रहेको बताइन्।

शनिबार धनकुटामा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री झाक्रीले आफूले प्रदेश-१ का झापा, मोरङ, सुनसरी एवं मधेस प्रदेशका सिराहा सप्तरीमा करोडौं बजेट विनियोजन गरिएपनि कुनै एकिकृत बस्ती आफूले नभेटेको बताइन्।

सन्थाल बस्ती होस् वा चौधरी बस्ती र मुसहर एकीकृत बस्तीमा कुनै काम नै हुन नसकेको मन्त्री झाक्रीले बताइन्। यी आयोजनामा भएको भ्रष्टाचारको खोजी गर्न अर्थ मन्त्रालयसँग समन्वय गरिसकेको बताइन्। उनले भनिन् ‘नागरिक आवास र सुरक्षित आवासका सबै कार्यक्रम स्थानीय तहमार्फत समाग्री वा नगद दिएर यसै आर्थिक वर्षमा अन्त्य गर्छौं। ’

शहरी विकास मन्त्रालयअन्तर्गत नागरिक आवास एवं जनता आवास कार्यक्रममा स्थानीय तहमार्फत करोडौं भष्ट्राचार भएको उनले दावी गरिन्। आफूले विभिन्न जिल्लामा अनुगमनकाक्रममा फुसको छाना हटाउने कार्यक्रम अन्तर्गत जस्तापाता आफैं खरिद गरेर करोडौं रकम हिनामिना गरेको उनको आरोप छ।

मन्त्री झाँक्रीले यस आर्थिक वर्षबाट सुरक्षित आवास र जनता आवासका कार्यक्रम सबै समाप्त गरी नयाँ कार्यक्रम बनाउने रणनीतिक योजना बनाउन सुरु भएको उनले बताइन। ओली सरकारले उद्घाटन गरेका महत्वकांक्षी र अनुत्पादक योजना जताततै सामुदायिक भवन, जथाभावि सडक र डाँडाडाँडामा भ्युटावरलगायतक कार्यकर्ता पोस्न बनाइएका योजना सबै यसैवर्ष अन्त्य गरिने मन्त्री झाँक्रिले बताइन्।

ओली सरकारको पालामा रणनीतिक सडक भनेर ३ सय वटा सडक बालुवाटारबाट उद्घाटन भए तर ती सडक कहाँदेखि कहाँसम्म थियो र कुन पैँसाले संचालन गर्ने भन्ने स्रोत नभएको उनले बताइन्।

एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाक्रीले फरक प्रसंगमा अहिलेको गठबन्धन आउँदो संघीय निर्वाचनसम्म हुने बताएकी छिन्। शनिबार दिउँसो धनकुटामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिलेको गठबन्धन स्थानीय तहको निर्वाचनमा मात्रै होइन आउँदो प्रदेश र संघीय निर्वाचनसम्म हुने र त्यसपछि पनि गठबन्धनकै सरकार हुने उनले दावी गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP