सोमबार , भाद्र १५, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो पटक भृकुटीमण्डपस्थित नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदान क्षेत्रमा पुगेका छन् । उनी त्यहाँ पुगेर मत मागिरहेका छन् ।देउवा त्यहाँ पुगेपछि कार्यकर्ताले भेटघाट गरेका छन् । उनका समर्थकहरु सेल्फी खिच्न पुगेका छन् ।

देउवालाई सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका छन् । देउवासँग पत्रकारहरुले पटक पटक प्रश्न सोधेका छन् । तर, उनले खासै जवाफ दिन मानेका छैनन् ।
तपाईं पहिलो चरणमा जित्नुहुन्छ भन्ने प्रश्नमा भने,‘जित्ने हो ।’

देउवा पटक पटक मतदानस्थलमा पुगेबाट चुनाव निकै प्रतिष्पर्धात्मक र रोचक भएको बुझ्न सकिन्छ । देउवा पहिलो चरणमा जित्न नसके दोस्रो चरण कठिन र रोचक हुने आँकलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP