सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ।कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूलाई साथ दिनेलाई काखी च्यापेका हुन्।

पार्टीमा शक्तिशाली अध्यक्षको हैसियतबाट केन्द्रीय कमिटीको बैठकमा पेस गरेका नामहरूले ओलीले विगतमा आफूलाई साथ दिने नेताहरूलाई च्यापेको पुष्टि भएको छ। उनले केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी गठन र पोलिटब्युरो गठनमा विगतको जिम्मेवारीलाई समेत ध्यान नदिई नेताहरूलाई जिम्मेवारी दिइएको छ।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यपछि ओलीले रामबहादुर थापालाई तेस्रो मर्यादाक्रममा राखेका छन्। त्यसपछि विष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेको मर्यादाक्रम तोकेका छन्। सचिवको माथिल्लो वरीयतामा टोपबहादुर रायमाझीलाई राखिएको छ। उनीपछि लेखराज भट्टको मर्यादाक्रम तोएिको छ। नवौं महाधिवेशनमा हारेका रघुवीर महासेठलाई अघिल्ला सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईभन्दा अघि राखेका छन्। त्यस्तै छविलाल विश्वकर्मालाई पनि विष्ट र भट्टराईभन्दा अघिल्लो मर्यादाक्रम दिइएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP