शनिबार , भाद्र २०, २०८३

सिड्नी । अस्ट्रेलियाले विद्यार्थी भिसा प्रणालीमा कडाइ गर्ने क्रममा विदेशी विद्यार्थीबीच लोकप्रिय रहेको Graduate Diploma of Management (Learning) कोर्समा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

सरकारले लामो अध्ययन तथा समीक्षा पछि यो कदम चालेको जनाएको छ। उक्त कोर्समा ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना हुने र कतिपयले अध्ययनभन्दा पनि अस्ट्रेलियामा बसाइ लम्ब्याउने माध्यमका रूपमा प्रयोग गरेको भन्दै सरकारले नयाँ विदेशी विद्यार्थीका लागि भर्ना रोक्ने निर्णय गरेको हो।

रिपोर्टअनुसार उक्त कोर्समा अस्ट्रेलियाभर करिब ४० हजार विद्यार्थी अध्ययनरत छन् र ४५२ वटा VET प्रदायकमार्फत सञ्चालन भइरहेको छ। नयाँ निर्णयबाट भने यसअघि नै अध्ययन सुरु गरिसकेका विद्यार्थी प्रभावित हुने छैनन् र उनीहरूले आफ्नो अध्ययन निरन्तरता दिन पाउनेछन्।

सरकारले यस कोर्समा भिसा अस्वीकृति तथा अध्ययन पूरा नगर्ने दर उच्च रहेको र केही विद्यार्थीले वास्तविक अध्ययन उद्देश्यबिना भिसा प्रणालीको दुरुपयोग गरेको प्रमाण भेटिएको जनाएको छ।

सहायक अन्तर्राष्ट्रिय शिक्षा मन्त्री जुलियन हिलले अस्ट्रेलियालाई विश्वसनीय विश्वव्यापी शिक्षा गन्तव्यका रूपमा कायम राख्न, अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा गर्न तथा विद्यार्थी भिसा प्रणालीको दुरुपयोग रोक्न सरकारले कडा कदम चालिरहने बताएका छन्।

सरकारको पछिल्लो निर्णयले विशेषगरी VET क्षेत्रमा अध्ययन गर्दै अस्ट्रेलियामा बसाइ तथा भिसा परिवर्तनको योजना बनाइरहेका नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP