
अस्ट्रेलियामा एनडिआईएस (NDIS) व्यवसाय सुरु गर्न चाहने नेपाली उद्यमीहरूका लागि जानकारीमूलक कार्यक्रम ‘NDIS Business Unlocked’ आगामी अप्रिल 12, 2025 मा मेलबर्नमा आयोजना हुने भएको छ। कार्यक्रम FINYE Australia (Federation of International Nepali Youth Entrepreneurs) को आयोजनामा साँझ ६ बजेदेखि Batman’s Hill on Collins, Collins St मा हुने भएको छ।
मेलवर्नमा एनडिआइएस(NDIS) सम्वन्धि कार्यशाला हुदै ।
FINYE Australia का अनुसार यो कार्यक्रम NDIS व्यवसायका प्रारम्भिक प्रक्रिया, नीति-नियम, सेवा प्रदायक बन्ने उपाय, लगानीको अवसर र Specialist Disability Accommodation (SDA) मा प्रवेश गर्न चाहनेहरूका लागि विशेष रूपमा उपयोगी हुनेछ। एनडिआईएस प्रणालीमा संलग्न भएर उद्यम सञ्चालन गर्न चाहने नेपाली समुदायका व्यवसायीहरूका लागि ज्ञान, सञ्जाल र मार्गनिर्देशनको उत्कृष्ट अवसर यो कार्यक्रमले प्रदान गर्नेछ।
कार्यक्रममा सहभागी हुनेहरूले सफल NDIS व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरू, वित्तीय परामर्शदाता, नीति विशेषज्ञ, लगानीकर्ता, डिजिटल मार्केटिङका जानकार, तथा SDA निर्माण व्यवस्थापनमा संलग्न विशेषज्ञहरूबाट प्रत्यक्ष ज्ञान हासिल गर्न सक्नेछन्। मेलबर्न, सिड्नी, पर्थ, एडिलेड लगायत विभिन्न शहरहरूबाट स्थापित संस्थाका प्रतिनिधिहरू कार्यक्रमका प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
कार्यक्रमको अर्को विशेषता भनेको यसले व्यवसाय सुरु गर्दा अनिवार्य रहने प्रक्रिया र कानुनी दायित्वबारे विस्तृत मार्गदर्शन उपलब्ध गराउने हो। सहभागीहरूले नीति-नियम पालना, कर व्यवस्था, वित्तीय योजना, लगानी रणनीतिहरू, र बैंकिङ सम्बन्धी विषयमा विशेषज्ञहरूसँग प्रत्यक्ष छलफल गर्ने मौका पाउनेछन्।
FINYE Australia का अध्यक्ष सुजता चालिसेका अनुसार, “NDIS व्यवसायमा जान चाहने नेपाली उद्यमीहरूका लागि यो कार्यक्रम मार्गदर्शक र प्रभावकारी हुनेछ। यसले नयाँ उद्यमीहरूलाई सही दिशामा मार्गनिर्देशन र नेटवर्किङको अवसर प्रदान गर्नेछ।”
कार्यक्रममा अस्ट्रेलियन सरकारका तर्फबाट तीन जना अभ्यन्ता तथा एनडिआईएस नियामक कर्मचारीहरू पनि सहभागी हुनेछन्, जसले सरकारी प्रक्रिया र नीतिबारे जानकारी दिनेछन्।
कार्यक्रम शुल्क: नियमित सहभागिताका लागि $100 रहेको छ भने सहकार्य संस्थाहरूका सदस्यहरूका लागि $150 बराबरको CST Academy द्वारा प्रदान गरिने NDIS अनलाइन तालिम निःशुल्क प्रदान गरिने संस्थाले विज्ञप्ति मार्फत जनाएको छ। https://theeticket.com.au/e/ndisbn
यस कार्यक्रमले एनडिआईएस व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान, सञ्जाल, र संसाधनहरू प्रदान गर्ने लक्ष्य राखेको छ, जसले नेपाली उद्यमीहरूलाई अस्ट्रेलियाको एनडिआईएस क्षेत्रमा सफल बनाउन मद्दत गर्नेछ।