शुक्रबार , भाद्र १२, २०८३

समाजवादी मोर्चाको बैठकले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्न समीक्षा कार्यदल गठन गरेको छ । आज (मंगलबार) नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई पश्चगमनतिर धकेलेको निश्कर्ष निकाल्दै समीक्षाका लागि कार्यदल गठन गरेको हो । कार्यदलले समीक्षालाई दस्तावेजीकरण गरेर आगामी कार्यक्रम र योजनासहित तय गर्ने बताइएको छ । कार्यदललाई १५ दिनको समय सीमा दिइएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’,प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र सह–अध्यक्ष गंगानारायण श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, प्रमेश हमाल र जीवनराम श्रेष्ठलगायत सहभागी थिए ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रकाण्डले भने, ‘नेपालको राष्ट्रिय राजनीतिका एउटा नयाँ घटना घटेको छ । यो लगायत देशको समग्र स्थितिको बारेमा र समाजवादी मोर्चाको विगतको काम कारबाहीको बारेमा गम्भीर समीक्षा भएको छ । यो घटनाले के देखाउँछ भने– प्रगतिशील यात्रातिर अगाडि बढिरहेको देशलाई यथास्थिति, पश्चगमन र विगतका आन्दोलन र उपलब्धीहरुलाई थ्रेट गर्नेतिर यसले उद्यत गर्न खोजेको देखिन्छ ।’

त्यस्तै, महेन्द्र राय यादव, गंगानारायण क्षेत्र लगायतको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीलाई समाजवादी मोर्चामा समावेश गरिएको छ । अरु सबै प्रगतिशील र कम्युनिष्ट घटकहरुसँग छलफल चलाउने, मोहन विक्रम र उपेन्द्र यादवले नेतृत्व गरेको पार्टीलाई मोर्चामा ल्याउन पहल गरिने प्रकाण्डले बताए ।

साथै, प्राकृतिक विपत्तिमा परि निधन भएकाहरुप्रति समाजवादी मोर्चाले श्रद्धाञ्जली व्यक्त गरेको छ । पीडित परिवारलाई उचित राहत र बेपत्ताहरुको खोजी कार्यमा तीब्रता दिन मोर्चाले सरकारको ध्यानाकार्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP