शनिबार , जेठ ३२, २०८२

सत्ता समीकरणमा व्यापक उलटफेरि आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित भएको । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार गठनको समझदारी बनेपछि प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको हो ।

सत्तारुढ दल एमालेका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई आज नै राजीनामा बुझाउने बताइएको छ । एमालेका मन्त्रीहरुले राजीनामा बुझाएर समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्छ । संवैधानिक व्यवस्थाअनुसार अल्पमतमा परेका प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । अर्को विकल्प भनेको प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिने हो ।

पदबाट राजीनामा दिएर प्रचण्डले सजिलै मार्ग प्रशस्त नगर्ने देखिएको छ । यसो हुँदा प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनेछन् । वर्तमान सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा गठन भएको हो । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउन सकेनन् भने उनी स्वत बर्खास्त हुनेछन् । एमाले–कांग्रेसले समर्थन नगर्दा प्रचण्डले विश्वासको मत पाउने कुनै सम्भावना नै छैन ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएको खण्डमा संविधानको कुन उपधाराबाट सरकार गठनको आह्वान होला भन्ने धेरैको चासोको विषय छ । धारा ७६ को उपधारा २ प्रयोग भइसकेको खण्डमा अब उपधारा ३ बमोजिम आह्वान हुने हो भने एमाले अध्यक्ष ओली अहिलेको अवस्थामा प्रधानमन्त्री बन्न सक्दैनन् । उपधारा ३ अनुसार प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुनेछन् ।

यसो गर्दा कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा बाजी मार्नेछन् । अहिले धेरैको बुझाइ पनि प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिएर संविधानको उपधारा ३ बमोजिमको सरकार गठन हुने नै छ । यसरी उपधारा ३ बमोजिमको सरकार गठन भएको खण्डमा माओवादीले पुनः कांग्रेसलाई साथ दिने र एमाले सत्ता बाहिर रहने राजनीतिक बृत्तको आँकलन छ ।

संविधानविद् डा. सुरेन्द्र भण्डारी संविधानको धारा ७६ (२) प्रयोग भइसकेपछि ३ मा जानुपर्ने संविधानको मर्म रहेको बताउँछन् । तर, कोशी प्रदेशको विवादमा दलहरुबीच आपसी सहमतिमा सरकार बन्न सक्ने सम्भावना रहेसम्म उपधारा २ कै प्रयोग गर्नुपर्ने व्याख्या भएकाले २ अनुसारकै सरकार बन्ने उनको भनाइ छ ।

‘कोशीमा पनि त्यही प्रश्न थियो, ३ मा जानेकी, फेरि २ मा फर्किने हो कि या ५ मा जाने हो कि भन्ने त्यहाँ पनि प्रश्न थियो । इश्वर श्रीमानसहितको फुल बेन्चबाटले राजनीतिक दलहरुले एक आपसमा सहमति गरेर २ अनुसारको सरकार दिनसक्ने अवस्था रहेसम्म २ को ब्यबस्था कार्यान्वयन हुन्छ र २ मा नै जाने भन्ने ब्याख्या छ ।’ रिपोर्टर्स नेपालसँग कुराकानी गर्दै उनले भने, ‘मेरो व्यक्तिगत बु्झाइ चाहीँ संविधानको कुनै पनि धारा उपधारा एकचोटी त्यो भन्दा अर्को धारा, उपधारामा जानुपर्छ । २ प्रयोग भएपछि ३ मा जानुपर्छ, ३ प्रयोग भएपछि ५ मा जानुपर्छ, फेरि ७ मा जानुपर्छ । यो जनु व्यवस्था छ क्रमिक रुपमा जानुपर्छ भन्ने मेरो आफ्नो दृष्टिकोण हो । व्यक्तिगत दृष्टिकोणको अर्थ हुँदैन । अदालतले आधिकारिक रुपमा बोलेको कुरा चाहीँ ७६(२) को व्यवस्था या १६८ (२) को व्यवस्था रिपिट हुनसक्छ । अहिलेको सत्ता समीकरणमा पनि २ मै सरकार बन्ने सम्भावना मैले देखेको छु ।’

उपधारा ३ अनुसार सरकार गठनको आह्वान हुने अवस्था रहेसम्म पुन माओवादी–कांग्रेसकै सरकार बन्ने सम्भावना बढी भएपनि उपधारा २ अनुसार सरकार बन्दा प्रचण्डले प्रयोग गर्न खोजेको अन्तिम अस्त्र असफल हुनेछ । File Photo/RN

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 116 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP