मंगलबार , अषोज २७, २०८३

नेपालका कला संस्कृति झल्काउने उद्देश्यका साथ डार्विनको वटरफ्रन्टमा यही जुन १४ तारिखमा “नेपाल फेस्टिभल २०२५” आयोजना हुँदै छ। नर्दन टेरिटोरीको गैर आवासीय नेपाली सङ्घको राज्य समन्वय समितिले यहाँको राज्य सरकारको प्रमुख आर्थिक सहयोगमा यो सम्पन्न गर्दै छ।

नेपालका भाषा र रीतिरिवाज प्रस्तुत हुने किसिमका प्रदर्शनी, मञ्च कार्यक्रम, खानपान लगायत थुप्रै तयारीहरू जारी रहेको फेस्टिभलका संयोजक भवानी पौडेलले बताए।

“नेपाल हाउस” एक प्रमुख आकर्षण हुने र “नेपाल हाउस” भनी निर्माण गरिने प्रत्येक भागमा नेपाली मैलिकता झल्काउने सामग्रीहरू राखिने योजना रहेको NRNA- NT Coordinator सन्जिव ढकालले जानकारी दिए।

“नेपाल फेस्टिभल” एक महोत्सव मात्र नभएर नेपाली समुदायलाई जानकारी गराउने र आफ्नो मौलिकतासँग जोड्ने र संस्कृतिलाई जोगाउने एक माध्यम रहेको बताउँछन् NRNA AUSTRALIA अध्यक्ष अनिल पोखरेल ।

यससँगै, डार्विन र अस्ट्रेलिया भर नेपाली समुदायको जनसङ्ख्या निरन्तर बढिरहेको समयमा यस्ता कार्यक्रमहरूले यहाँ जन्मिएका पिँढीहरूलाई आफ्ना अभिभावकको इतिहासको बारेमा जानकार राख्ने उनको विचार छ।

दस हजार भन्दा बढी दर्शक आउने अनुमान रहेको यस फेस्टिभलमा राष्ट्रिय कलाकार संगै स्थानीयको पनि प्रस्तुति रहने छ ।

कार्यक्रम दिउँसो २ बजे देखि रातिको १० बजे आतिशबाजि (fireworks) संगै समापन हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP