मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले फेरि काठमाडौंको फोहोर लैजाने नदिने घोषणा गरेको छ ।  सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरोकार समितिले फोहोर रोक्ने घोषणा गरेको हो । आफूहरूको माग पुरा नभएको भन्दै समितिले आगामी असोज १ गतेदेखि उपत्यकाको फोहोर लैजान नदिने भएको छ ।

फोहोर मैलाका कारण स्थानीय बासिन्दाहरूमा नकारात्मक असर परे पनि सरोकारवाला निकायहरूले समस्यालाई नजरअन्दाजमात्रै गरेको समितिको गुनासो छ ।प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी सोही अनुरूपको कार्यान्वयन गरिनुपर्ने उनीहरूको माग छ । प्रदूषणरहित मानव बस्ती र मानवरहित ल्याण्डफिल साइट अहिलेको निकास भएको सरोकार समितिले बताएको छ ।

सरकारले  प्रभावित क्षेत्रका सम्बन्धमा विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगरेको र जन्मभूमिबाट विस्थापित गराउन खोजेको उनीहरूको आरोप छ । २०६२ सालदेखि आजसम्म काठमाडौँ महानगर र उपत्यकाका अन्य नगरपालिकाले ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई विभिन्न बहानाबाजी र भ्रम सिर्जना गरेर स्वच्छ वातावरणमा बाँच्न पाउने हक कुण्ठित गरेको उनीहरूको आरोप छ । काठमाडौँ उपत्यकाको फोहोर मैला बञ्चरेडाँडा क्षेत्रमा आगामी दिनमा प्रवेश गर्न कुनै हर हालतमा नदिने सरोकार समितिले जनाएको छ ।

बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले आफूहरूको जीवन मरणको अवस्थामा रहेपनि राज्यले समस्या समाधान गर्न कुनै चासो नदिएको बताए । ‘हाम्रो कुनै पनि मागहरू छैन । ल्याण्डफिल साइटमा अब कुनै किसिमको ल्याण्डफिल साइट विकास गर्नका लागि, फोहोर मैला राख्नका लागि एउटा इँटा पनि हामी राख्न दिँदैनौँ । भौतिक पूर्वाधार बनाउन दिँदैनौँ,’ उनले भने ।

असोज १ गतेदेखि सरकारले जबरजस्ती गरे त्यहाँका १० हजार मान्छे टुँडिखेलमा आएर बस्ने उनको चेतावनी छ । ‘प्रभावित क्षेत्रका १० हजार मान्छे उठेर टुँडिखेलमा आएर बस्ने हो । धादिङ र नुवाकोटको १० हजार मान्छेलाई यहाँको प्रहरी प्रशासनले कुन–कुन जेलमा कति दिन राख्छ हामी  हाम्रा छोरा र नातिहरूका लागि त्यो सामना गर्छौँ,’ उनले भने ।

ल्याण्डफिल साइट पीडित हरि लामाले फोहोर र मानव एकै ठाउँमा रहन नसक्ने बताए । आफूहरूलाई काठमाडौँ महानगर, प्रदेश सरकार र नेपाल सरकारले बेवास्ता गरेको उनको आरोप छ ।

ल्याण्डफिल साइट पीडित मनोज तामाङले अब त्यहाँका स्थानीयहरूले महानगरसँग आन्दोलन गर्ने ल्याकत राख्नुपर्ने बताए । अब त्यहाँका स्थानीय तड्पेर बस्न नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP